कृषि सचिव डा.कार्कीको औपचारिक विदाई
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले आजदेखि अवकास पाएका छन् । मन्त्रालयमा उनको आज औपचारिक रुपमा विदाइ समेत भएको छ । २०७७ साल मंसिर १० गते कृषि मन्त्रालयको सचिवमा पदस्थापन भएका कार्कीले ४ जना कृषिमन्त्रीसंग काम गर्ने मौका पाएका थिए । झण्डै ८ महिने कार्यकालमा सचिव कार्कीले धानको समर्थन मूल्य र रासायनिक मल आपूर्तिमा राम्रो भूमिका खेलेका थिए । यसअघि डा. कार्की वागमती प्रदेश सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवका रुपमा सेवारत थिए। केही वर्षअघि डा.कार्कीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वैदेशिक समन्वय, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको नेतृत्व गरेका थिए।
डा.कार्कीले कृषि अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्। उनी दातृ निकायको अनुदानमा सञ्चालित आयोजनाहरूको डिजाईन र कार्यान्वयनका क्षेत्रका दक्ष मानिन्छन्।
Advertisement 1
उनले एसियाली विकास बैंक, विश्व बैंक तथा संयुक्त राष्ट्रसंघको आर्थिक सहयोगमा सञ्चालित विभिन्न आयोजनाहरुका निर्देशकका रुपमा पनि सेवा गरिसकेका छन्।