काँग्रेसीको हकर्त :- उपसचिवमाथि कार्यकक्षमै दुर्व्यवहार,उल्टै कार्यकक्षमा तालाबन्दी
नेपाली काँग्रेसका कार्यकर्ताले कार्यकक्षमै कर्मचारी कुटेको भन्दै तनहुँको भिमाद नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् ।
Advertisement 1
काँग्रेस भिमाद नगर समितिको अगुवाईमा नेविसंघका कार्यकर्तासमेत जम्मा पारेर उपसचिव पदमराज आचार्यमाथि कार्यकक्षमै दुर्व्यवहार गरेर शिक्षा, युवा तथा खेलकुद शाखामा तालाबन्दी गरेको विरुद्धमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
नगरपालिकाका कर्मचारीले आइतबार विज्ञप्ति जारी गर्दै ताला नखोलेसम्म विरोध जारी राख्ने बताएका छन् । विज्ञाप्तिमा कांग्रेस र भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध केही व्यक्तिहरुले गत २४ गते नगरपालिकाको काम कारबाहीको विषयलाई लिएर कार्यकक्षमा उपसचिव पदमराज आचार्यमाथि गरिएको अभद्र व्यवहार र शिक्षा, युवा तथा खेलकुद शाखामा गरिएको तालाबन्दीप्रति नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
Advertisement 2
कर्मचारीको मनोबल गिरेको, कार्यसम्पादन गर्ने वातावरण नरहेको, कार्यकक्षमै दुर्व्यवहार, अपमानित तथा बेइज्जत गर्ने व्यक्तिको पहिचान गरी कानुनी दायरामा नल्याउँदासम्म आइतबारदेखि नगरपालिका र अन्तर्गत कार्यालयहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले हातमा कालो पट्टी बाँधी विरोध सुरु गरेका छन् ।
कार्यालयको काम कारबाहीप्रति चित्त नबुझे कानूनबमोजिम छुट्टै विधि र प्रक्रियाअनुसार आवश्यक पहलकदमी लिनुपर्नेमा राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार, धाकधम्की दिनु निन्दनीय कार्य भएको भन्दै कर्मचारीहरुले दोषीमाथि कारबाहीको मागसमेत गरेका छन् ।
Advertisement 3
यस्ता कार्यले आफूहरुको मनोबल गिरेको, भयरहित वातावरणमा कार्यसम्पादन गर्ने अवस्था नरहेको उल्लेख गर्दै कर्मचारीहरुले कार्यकक्षमै दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान गरी कानूनी दायरामा नल्याउँदासम्म हातमा कालोपट्टी बाँधेर विरोध जनाउने चेतावनी दिएका हुन् ।