कार्यालयमै तास खेल्दै महानगर प्रहरी

कार्यालय समयमा कार्यालयभित्रै तास खेल्ने गरेको पाइएकाे छ । प्रसङ्ग रहेको छ काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरुको ।
Advertisement 1
उनीहरु कार्यालयमै तास खेल्ने गरेको पाइएको हो । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ ।
कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी नायव निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ छन् ।नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो ।
Advertisement 2
कार्यालयमा तास खेल्ने नगर प्रहरीलाई छानबिनको प्रक्रियामा ल्याइएको महानगरपालिकाले जनाएको छ ।महानगर प्रहरी बल प्रमुख नगर उपरीक्षक राजुनाथ पाण्डेले दोषीलाई कारबाही हुने बताए ।
प्रकाशित :२०८० बैशाख २१, बिहीबार १९:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%