पूर्व राजदूतकी श्रीमती बैंकिङ कसूरमा पक्राउ

बैंकिङ कसुरमा प्रहरीले पूर्वराजदूत निरञ्जनमानसिंह बस्नेतकी श्रीमती रेणुकुमारी बस्नेत थापालाई पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

Advertisement 1

प्रहरीका अनुसार उनले सस्तोमा जग्गा मिलाइदिने प्रलोभनमा भुवन घिमिरेसँग चार वर्षअघि ७५ लाख रुपैयाँ लिएको आरोप छ। तर, जग्गा पास नगरी उनी अमेरिका गएर बसेकी थिइन्। नेपाल फर्केपछि जग्गा नबेच्ने भन्दै घिमिरेलाई चेक दिएकी थिइन्। उनले दिएको चेकमा पर्याप्त रकम नभएपछि चेक बाउन्स भएको थियो। सोही कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जन भट्टले ठगी आरोपमा बस्नेत पक्राउ परेको जानकारी दिए। पक्राउ परेकी बस्नेतका श्रीमान निरजन्जनमानसिंह मलेसियाका पूर्वराजदूत हुन्।

प्रकाशित :२०७९ चैत्र १६, बिहीबार ०९:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry