२ आयोगका सचिव साटासाट

काठमाडौँ । सरकारले २ जना सचिवको सरुवा गरेको छ। असार ९ गते सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव साटासाट गरेको छ।
Advertisement 1
एक मन्त्रीले दिएको जानकारीअनुसार निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ भने वित्त आयोगका सचिव महादेव पन्थलाई निर्वाचन आयोगको सचिवमा पठाइएको छ।
प्रकाशित :२०८२ असार १०, मंगलवार १०:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%