नक्कली डीएसपी सक्कली प्रहरीको फन्दामा

महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी हुँ भन्दै फोनमार्फत सर्वसाधरणलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–६ घर भएका बब्लु झा रहेका छन् ।

Advertisement 1

काठमाडौं महानगरपालिका–१० स्थित बानेश्वरमा बस्दै आएका ४१ वर्षीय चन्दु झाले दिएको उजुरीको आधारमा बब्लुलाई आइतबार पक्राउ गरिएको प्रहरी उपरीक्षक सोमेन्द्रसिँह राठौरले जानकारी दिए ।त्यस्तै उनले विभिन्न पदवीहरू पाएको भन्दै फेसबुकमा राख्ने गरेको खुलेको छ। उनले नेपाल प्रहरीको मेडिकल डाइरेक्टर भएको भन्दै मेडिकल फर्म समेत संचालन गर्दै आएको अनुसन्धानमा खुलेको छ। प्रहरीले उनको साथबाट प्रहरीको युनिफर्म एक थान र युनिफर्म लगाएको तीन वटा फोटो समेत बरामद गरेको छ।

घटनाको थप अनुसन्धान भइरहेकाले कोही प्रहरीको नाममा उनीबाट ठगिएको भए प्रहरीलाई जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित :२०७८ असार १, मंगलवार ११:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry