अवैध अध्यक्ष खान आतुरी

संस्था पूर्णत अवैद्य भइसकेको छ तर त्यही संस्थाको नेतृत्व हत्याउन होडबाजी चल्दैछ,अर्काेथरी कमरेडहरुबीच । एमाले विभाजन हुँदा पेशागत क्षेत्रमा उस्को प्रभाव शून्यजस्तै प¥र्यो । हालै सातौ राष्ट्रिय महाअधिवेशन गरी प्रेमल कुमार खनालको अध्यक्षमा नयाँ कार्यसमिति गठन भइसकेको छ । वरिष्ठ उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, उपाध्यक्षमा प्रभादेवी बज्राचार्य, रामप्रसाद रिमाल, योगेन्द्र यादव, किशोरकुमार नेपाली, धरणीधर अधिकारी, हिक्मतबहादुर बस्नेत, हरिप्रसाद जोशी र शरणकुमार गुरुङ छानिएका छन् । महासचिवमा राजन रेग्मी, उपमहासचिवमा सूर्यप्रसाद अधिकारी, सीताकुमारी ओझा, पूर्णबहादुर बुढा, रामकुमार महत र विश्वनारायण मिश्र रहेका छन् । सचिवमा भवानी खड्का, विकास सिलवाल, रामप्रसाद आचार्य, कोषाध्यक्षमा ध्रुवप्रसाद पौडेल र सहकोषाध्यक्षमा हरिदेव यादव रहेका छन् ।

Advertisement 1

उसले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेसँगै एमालेलाई तातो लागेको छ । उही नाम,लोगो,झण्डा प्रयोग गरी चैत्र २३ र २४ ललितपुरमा पार्टी अध्यक्ष केपी ओलीलाई प्रमुख अतिथी बोलाएर नक्कली महासंघको अध्यक्ष बन्न लागिपरेका छन् । स्रोतका अनुसार अरुको ट्रेडमार्क चोरी गरी अध्यक्ष खान मुख मीठो पार्नेमा ट्रेड युनियनका पूर्व अध्यक्ष पुण्य ढकाल,कार्यबहाक अध्यक्ष भोला पोखरेलदेखि नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष केदार देवकोटासम्म बालकोटको दैलो धाइरहेका छन् ।

समाजवादीको पेशागत महासंघमा निजामती कर्मचारी संगठन, शिक्षक संगठन, अन्तरसंस्थान, अन्तर बैंक, स्थानीय कर्मचारी संगठन, निजी सामुदायिक विद्यालय शिक्षक तथा कर्मचारी, स्वास्थ्य प्राविधिक संघलगायत आबद्ध छन् । महासंघ बन्नका लागि कम्तिमा १० वटा घटक अनिवार्य आवश्यक पर्दछ । अहिले समाजवादीतिर पुगेको पेशागत महासंघ ०५० सालमै कानुनी रुपमा दर्ता भइ सीताराम नेपालको संयोजकत्वमा महासंघ गठन भएको थियो । त्यसलगत्तै २०५१ सालको महाधिवेशनले प्राध्यापक हर्षनारायण धौभडेललाई अध्यक्ष चलाएका,केही समय विश्वनाथ प्याकुरेल,सुशीलचन्द्र अमात्य,प्रमोदराज शर्माहरुले नेतृत्व गरिसकेको । पेशागत महासंघबाट छुट्टिएर ओली खेमाद्वारा बनाइएको नयाँ महासंघको अध्यक्षता बाबुराम थापाले गरेका थिए । थापा पहिले शिक्षक महासंघको अध्यक्ष थिए ।

Advertisement 2

अहिले समाजवादीतिर पुगेको त्यही संस्थाको एउटै नाम,उही झण्डा र लोगो दुरुपयोग गरी समाजका बौद्धिक वर्ग भनिएका कर्मचारीहरु नै कीर्ते र नक्कली कर्म गरी अध्यक्ष खान मरिहत्ते गर्दैछन् ।  श्रम विभागमा दर्ता भइसकेका छ । अहिले अर्काको नाममा दर्ता भइसकेको,लोगो र उही झण्डा प्रयोग गरी एकाथरी एमालेका कमरेडहरु कीर्ते ढंगबाट संगठीत हुन आत्तुरी गर्दैछन् । भोला हिजो फरक खेमामा रहेका उनलाई अध्यक्ष बनाइने सम्भवना कम छ भन्दैछन्,एमाले निकट कर्मचारीहरु ।

यस्तै केदार देवकोटाबाट ग्रीन सिग्नल पाएसँगै पुण्यलाई अध्यक्ष बन्ने बाटो खुलेको बताइन्छ । सोही कारण उनले उपसचिव तहको पदबाटै स्वेच्छिक अवकाश रोजिसकेका छन् ।

प्रकाशित :२०७९ चैत्र १५, बुधबार ०९:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry