कुलमानसँग सरकारले माग्यो ४ वर्षयताका ठेक्काको विवरण, विवादित ठेक्काको कारणसमेत उपलब्ध गराउन निर्देशन

प्रेम चन्द, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग सरकारले ४ वर्षयताको ठेक्काको विवरण माग गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रालयले कुलमानको दोस्रो कार्यकालमा प्रक्रिया अघि बढाइएका ठेक्काको सम्पूर्ण विवरण माग गरेको हो।

Advertisement 1

ठेक्का प्रक्रियामा कुलमानले बेइमानी गरेको समाचार ईकर्मचारीले निरन्तर प्रकाशन गर्दै आएका विषयलाई नै केन्द्रमा राखेर मन्त्रालयले स्पष्टीकरण सोधेको हो। ‘ठेक्काका विषयमा पनि छन्। मुख्य त ठेक्कामा के भएको रहेछ भनेर नै मन्त्रालयले चासो राखेको हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘ठेक्कासहित अरु विषय पनि छन्।’

मन्त्रालयका सहप्रवक्ता राजु महर्जनले कुलमानलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको पुष्टि गरे। कुलमानलाई ठेक्कासहितका विषयमा १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय भएको उल्लेख गरे पनि सम्पूर्ण विवरण भने आफूसँग आइनपुगेको उनको भनाइ थियो। ‘निर्णय मकहाँ त आइपुगेको छैन,’ उनले भने, ‘निर्णय गरिएको थाहा पाएको छु।’

Advertisement 2

बुधबार मन्त्रालयले घिसिङसँग १५ बुँदे स्पष्टीकरण माग गर्दै प्राधिकरणबाट पछिल्लो ४ वर्षयता भएका ठेक्काको सबै विवरण पनि उपलब्ध गराउन भनेको हो। १५ बुँदे स्पष्टीकरणको बुँदा नम्बर ८ मा ठेक्कासम्बन्धी सबै विवरण उपलब्ध गराउन भनिएको छ।

साथै विवादित ठेक्काको विवरण र विवादमा पर्नुको कारण पनि माग गरेको छ। ‘विगत ४ वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्रसम्बन्धी विवरण (जस्तै ठेक्काको नाम, स्वीकृति भएको रकम, भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरुको विवरण आदि)। साथै यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था,’ ८ नम्बर बुँदामा भनिएको छ।

Advertisement 3

कुलमान घिसिङले प्राधिकरणमा दोस्रो कार्यकालमा नियुक्त भएयता प्राधिकरणबाट कामकारबाही हुनुपर्ने ठेक्कामा चरम अनियमितता गर्ने गरेका छन्। उनले प्रस्तावदाता कम्पनीको बोलपत्र संशोधन गरेरै र प्रस्तावदाता कम्पनीमा कुनै पनि कैफियत नदेखिए पनि आफूखुसी बोलपत्र अस्वीकृत गर्ने गरेका छन्।

साथै न्यायिक निकाय सार्वजनिक खरिद पुनरावलोकन समितिको आदेशसमेत कार्यान्वयन नगरेर आफूले चाहेकै कम्पनीलाई ठेक्का थमाउन कानुनमाथि जबर्जस्ती गरिरहेका छन्।

विद्युत् प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का : ‘ग्लोबल टेण्डर’मा कुलमानको बलमिचाइँ

२ अर्ब ३९ करोडको ठेक्का : कुलमान बलमिचाइँको ‘टाइमलाइन’

२ अर्ब ३९ करोडको ठेक्का : न्यायिक फैसला कार्यान्वयनमा कुलमानको अटेरी

२ अर्ब ३९ करोडको ठेक्का : कुलमानको बलमिचाइँप्रति सांसदहरुको प्रतिक्रिया

२ अर्ब ३९ करोडको ठेक्कामा कुलमानमाथि छानबिन माग, अख्तियारमा उजुरी

लमान घिसिङ : प्राधिकरणका एमडी हुन् कि? भारतीय कम्पनीलाई पोस्ने एजेन्ट?

अटेरी कुलमान

कुलमानका दाई एजेन्ट रहेको कम्पनीलाई ठेक्का दिन विदेशी दाता ईआईबीकै ‘गाइडलाइन’ उल्लंघन

कुलमान घिसिङलाई योगेश भट्टराईको प्रश्न : प्राधिकरण भित्रका ठेक्कापट्टा कसरी भएका छन्?

लेखा समितिमा कारबाही पर्खिरहेको कुलमानमाथिको अर्को मुद्दा

कुलमानमाथि छानबिनमा अख्तियार आफैं अग्रसर होऊ

कुलमान घिसिङ : लोकप्रियताको काम एक, अनियमितता अनेक

२ अर्ब ३९ करोडको ठेक्का : ईआईबीले माग्यो कागजात, संशोधित बोलपत्रमा १० करोड घाटाको नाटक

अनियमिततामा फस्नसक्ने कुलमानका सारथी, जसले गरे बोलपत्र संशोधन

चौतर्फी विवादमा कुलमान : लक्जमवर्गदेखि नेपालका अड्डाअड्डामा उजुरी, छानबिन गर्न माग

‘आर्थिक प्रस्ताव खोलिसकेपछि जाँचबुझ समिति गठन गर्नु गैरकानुनी हो’

डेढ अर्ब बढीको तार आपूर्तिको ठेक्कामा पनि कुलमानको बदमासी : न्यायिक निकायले दुईपटक दिएको आदेश मानेनन्, उच्च अदालतले लगायो घिसिङको जबर्जस्तीमा ब्रेक

पीपीआरसीकै इजलासमा प्राधिकरणकै कानुन अधिकृतको दाबीले बल पुग्छ- व्यक्तिगत स्वार्थमै कुलमानको जाँचबुझ समिति

२ अर्ब ३९ करोडको ठेक्कामा अख्तियारले थाल्यो कुलमानमाथि छानबिन, राजन ढकाल पनि मुछिने

कुलमानको अर्को बदमासी : ६ अर्बको ठेक्कामा पनि ‘सेटिङ’

रोकिएन ठेक्कामा कुलमानको जबर्जस्ती : छानबिनमा रहेकै ठेक्कामा पुनः टेन्डर आह्वान

प्रकाशित :२०८१ आश्विन २३, बुधबार १४:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry