निजामती प्रशासनमा जनशक्ति व्यवस्थापनः अवस्था,अवसर,चुनौती र सुधारका क्षेत्रहरु

मुलुकको समग्र विकासका लागि मानव साधन सधै महत्वपूर्ण, आवश्यक र प्रभावकारी संयन्त्रको रुपमा रहने गर्दछ । मानव संशाधनको महत्व राष्ट्को सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै आयामवाट महत्वपूर्ण मानिन्छ । साधनको रुपमा यसको परिचालन बिना विकास निर्माण कार्य संभव हुदैन भने साध्यको रुपमा मानव संसाधनको विकास नै राष्ट्यि विकासको अन्तिम लक्ष्य हो । राष्ट्यि विकासको लक्ष्य हासिल गर्नका लागि सार्वजनिक क्षेत्रमा पनि मानव श्रोतको योजना, विकास, सम्बध्र्दन र समुचित उपयोग अनिवार्य छ । मानव संशाधन आर्थिक तथा सामाजिक विकासको मुख्य आधार पनि हो ।
Advertisement 1
जनशक्ति व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्वपूर्ण व्यवस्थापकीय आयाम हो । मानवशक्ति र श्रमशक्तिले अन्य साधनश्रोतहरु पूजी, प्रविधी, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृध्दि ल्याउन सक्ने संवेदनालेयुक्त महत्वपूर्ण श्रोत हो ।मानव संसाधन व्यवस्थापनले मानिसहरुको शक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पु¥याउंछ । मानव संसाधन व्यवस्थापनले मानवीय साधनहरुको अद्यावधिक स्थिति र आवश्यकताको योजना (Human Resource Planning), प्राप्ति (Acquisition/ Recruitment), उपयोग (Utilization), विकास (Capacity Development/ Training), सामयिक संभार (Timely Maintenance), एकाकार (Process of Integration), अवकाश (Retirement),अवकाश पश्चातको योजना र अवकाश व्यबस्थापन (Retirement Management or Post Retirement Activities) जस्ता समग्र पक्षलाई समेट्दछ । मानव श्रोत व्यवस्थापन यी सवै कार्यहरुको श्रृड.खलावध्द प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापको संयुक्त स्वरुप हो ।
जनशक्तिलाई रणनीतिक साधन(Strategic Resources) को रुपमा लिई मानव संसाधन संग सम्बन्धित सवै कार्यहरुवीचमा समन्वयको अपरिहार्यता माग गर्नु मानव संसाधन व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष हो । सरल रुपमा भन्ने हो भने सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा अत्यधिक प्रयोगमा आउने प्राप्ति (Acquisition/ Recruitment) देखि अवकाश (Recruitment to Retirement) सम्मका तह प्रचलनमा रहदै आएको मा मानवश्रोत व्यवस्थापनले प्राप्ति पूर्व (Pre Recruitment) र अवकाश पश्चातको ] (Post Retirement) अवस्थालाई समेत समेट्नु पर्ने मान्यताको विकास भएको छ र यसै मान्यता अनुरुप मानवश्रोत व्यवस्थापनको व्यवहारिक प्रयोग हुदै आईरहेको छ ।
Advertisement 2
निजामती प्रशासनमा जनशक्ति व्यवस्थापन
मानव श्रोत व्यवस्थापनको मूल संयोजनकारी निकायको व्यवस्था
Advertisement 3
कर्मचारी प्रशासन सम्बन्धी केन्द्रीय निकायको हैसियतले देशको प्रशासन संचालन गर्न निजामती सेवाको गठन, संचालन र सेवाका शर्तहरु तथा निजामती कर्मचारीको व्यवस्थापन र संचालनका सम्बन्धमा नीतिगत एकरुपता र सामन्जस्यता कायम गर्ने नियामक निकायको रुपमा तत्कालीन सामान्य प्रशासन मन्त्रालय र हालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहेको छ ।योमन्त्रालय कर्मचारी संचालन, ब्यवस्थापन र नीति निर्माणका क्षेत्रमा कर्मचारी प्रशासन सम्बन्धी केन्द्रीय निकाय (Central Personnel Agency) को रुपमा कार्यरत रहदै आएको छ ।
मानव श्रोत ब्यबस्थापनका विभिन्न आयामहरु (योजना, प्राप्ति, विकास संभार ,एकाकार , अवकाश, अवकाश ब्यबस्थापन ) मा अहिले सामान्य प्रशासन मन्त्रालयको नेतृत्वदायी र समन्वयकारी भूमिका रहेको छ । क्षेत्रगत कार्यको निमित्त कार्यात्मक निकायको (Functional Agencies) रुपमा मन्त्रालय, विभाग र कार्यालयहरुको व्यवस्था गरिएको छ भने संगठित संस्था र सरकारी संस्थानहरुले निजामती सेवामा प्रयोगमा ल्याईएका अवधारणाको परिवेशमा रहेर मानवश्रोत व्यवस्थापनका कार्यहरु गर्ने गरेको पाईन्छ ।
जनशक्ति योजना
सार्वजनिक सेवा प्रवाहको लागि निजामती सेवामा विभिन्न सेवा समूहको व्यवस्था भएको
सार्वजनिक सेवा प्रवाहको लागि कार्यवोझ को आधारमा विभिन्न सेवा समूह लागि आवश्यक जनशक्तिको आवश्यकता प्रक्षेपण गरिने परिपाटी
संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिने
य आवश्यक जनशक्तिको योग्यता र दक्षता निर्धारण
य कार्य विवरण पहिचान
संगठन तथा व्यवस्थापन सर्वेक्षण र स्वीकृति
लोक सेवा आयोगमा सामयिक रुपमा माग आकृति फाराम प्रस्तुत
प्राप्ति
य लोक सेवा आयोग व्दारा खुला, आन्तरिक, वढुवा, समावेशी प्रक्रिया अनुरुप माग पदहरुको विभाजन
य सार्वजनिक विज्ञापन व्दारा दरखास्त आव्हान
य परीक्षा संचालन
लिखित
अन्तरवार्ता
प्रयोगात्मक
नतीजा
* सिफारिस
* नियुक्ति
* प्रारम्भिक पदस्थापन
प्रयोग
*निजामती सेवा १० सेवा र १५० भन्दा बढी समूहको व्यवस्था छ यसले सेवा समूहको आवश्यकता अनुसार योग्यता, सीप, दक्षता, अनुभव आदिको आधारमा पदस्थापना गर्न सक्ने अवस्था विद्यमान रहेको छ । ।
* भौगोलिक र विभिन्न कार्यक्षेत्रको अनुभव दिलाउने उद्देश्यवाट सरुवा को व्यवस्था ।
* वृत्तिमार्गको व्यवस्थालाई कार्य सम्पादन मूल्यांकनको व्यवस्था संग आवध्द गरिएको कारणले कार्य सम्पादन स्तर राम्रो हुनुपर्ने आवश्यकता रहेको छ ।
* निजामती सेवा ऐन र नियमावली कर्मचारी सेवा शर्तको कानूनी आधारशीला
* मौद्रिक तथा गैर मौद्रिक उत्प्रेरणाहरुको प्राबधान
विकास
य तालिम नीतिको व्यवस्था
सेवा प्रवेश तालिम ( Entry Training)
सेवाकालीन तालिम ( On the Job Training)
पुनर्ताजगी तालिम ( Refreshment Training)
अन्य सामयिक विषयहरुमा तालिम (Training on contemporary issues)
– स्वदेशी तालिम, वैदेशिक तालिम, अवलोकन भ्रमण
* तालिम वृत्ति विकास को प्रमुख आधारशीला
* अध्ययनको अवसर र अध्ययन विदाको व्यवस्था
संभार
– तलव, भत्ता, सुविधाको व्यवस्था
– तलव, भत्ता, सुविधामा सामयिक परिमार्जन र समायोजन
– औषधी उपचार सुविधाको व्यवस्था
– विदाको व्यवस्था
– सेवाको सुरक्षा र सेवा शर्तको सुरक्षाको दरिलो प्रावधान
– लोक सेवा आयोग कर्मचारीको अभिभावक
– तनाव व्यवस्थापन जस्ता तालिम हरुको आयोजना
– निजामती कर्मचारी अस्पतालको व्यवस्था
– कर्मचारी संचयकोष, नागरिक लगानी कोष, वीमा कोष जस्ता दीर्घकालीन सुरक्षण बचत योजनाहरु
– अवकाश पछिको जीवनलाई आर्थिक सहयोग दिन निवृत्तिभरण, पारिवारिक निवृत्तिभरण, शैक्षिक निवृत्तिभरण र उपदानको व्यवस्था
एकाकार
– कर्मचारी सम्वन्ध समितिको व्यवस्था
– ट्रेड यूनियनहरुको व्यवस्था र आधिकारिक ट्रेड यूनियन
– सेवा समूहको व्यवस्थाले पेशागत विज्ञता र व्यवसायिकता
– औपचारिक र अनौपचारिक समूहहरु
– निजामती सेवामा समावेशिताको अवधारणा
– कर्मचारी आचरण र अनुशासनको प्राबधान
– विभिन्न धार्मिक पर्व र अवसरमा सवैलाई सार्वजनिक विदाको व्यवस्था
अवकाश
– अनिवार्य अवकाश (Compulsory Retirement) :- ५८ वर्ष, स्वास्थ्य सेवाको लागि ६० वर्षको व्यवस्था
– पदावधिको आधारमा अवकाश (Retirement according to Tennure) :-सचिव ५ वर्ष, मुख्य सचिव ३ वर्षको व्यवस्था
– बाध्यात्मक अवकाश (Forced Retirement):- अनुशासन, विभागीय कारवाहीको कारणले अवकाश हुने व्यवस्था
– स्वेच्छिक अवकाश (Voluntary Retirement) :-आफ्नो इच्छा अनुसार अवकाश लिन सक्ने व्यवस्था
अवकाश योजना, अवकाश व्यबस्थापन
– निवृत्तिभरण, उपदान, पारिवारिक निवृत्तिभरण, तलव वृध्दिको आधारमा निवृत्तिभरणमा थप
– विज्ञताको अनुभव लिन सकिने
– अवकाश व्यबस्थापनको अध्ययन
नेपालको निजामती सेवामा मानवश्रोत व्यवस्थापनको संक्षिप्त झलक