मर्यादाक्रममा वडा अध्यक्षभन्दा तल शाखा अधिकृत,पूर्व राजालाई समेटिएन (मर्यादाक्रमसहित)
राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
Advertisement 1
गैरसरकारी विधेकयकका रूपमा आएको उक्त विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल भई सर्वसम्मतिले स्वीकृत गरेको हो ।नयाँ मर्यादाक्रमलाई नेपाल सरकारका शाखा अधिकृतलाई वडा अध्यक्षभन्दा पनि मुन्तिर लगेर राखेको छ । जनप्रतिनिधि र कर्मचारीबीचको मर्यादाक्रम मिलाउन नसक्दा मर्यादाक्रममा सदैव लफडा देखिदै आएको छ । सरकारले कर्मचारीहरुभन्दा जनप्रतिनिधिलाई माथि राखेर निर्धारण गरेको मर्यादाक्रमप्रति कर्मचारीहरुले आपत्ति प्रकट गर्न थालेका छन् ।
यस अघि सार्वजनिक भएको मयार्दाक्रममा संघीय सरकारका प्रतिनिधिसमेत रहेका प्रजिअलाई स्थानीय तहका जनप्रतिनिधिसरह राखेर अपमान गरिएको थियो,जुन पछि संशोधन भएको थियो ।
यस्तै वडा अध्यक्ष,नगकार्यपालिकाको सदस्य,स्थानीय तहका पूर्व पदाधिकारीहरु त्यो भन्दा उपल्लो मर्यादाक्रममा राखिएको छ ।
मर्यादाक्रममा नेपाल सरकारका उपसचिव,गाउँपालिकाका उपाध्यक्ष,प्रमुख सेनानी,प्रहरी उपरीक्षकहरुलाई २० औं नम्बरको मर्यादाक्रममा राखिएको छ ।
यस्तै नेपाल सरकारका सहसचिवहरुलाई मर्यादाक्रमको १९ औं नम्बरमा राखिएको छ । यस पटक मर्यादाक्रमको सूचीबाट पूर्वराजालाई हटाइएको छ ।
Advertisement 2
प्रदेश प्रमुखहरूको मर्यादाक्रमलाई शुरुको जस्तै छैठौं कायम गरिएको छ ।
शपथ, अर्थात् कसम खुवाउने भनेको आफूभन्दा ठूलोले हो तर विचित्र के छ भने, शपथ खुवाउञ्जेल उही ठूलो मान्छे, शपथ सकिनासाथ भर्खरै आफूले शपथ खुवाएको मान्छे आफूभन्दा माथि यस्तो विचित्रको कानुन र नियम हाम्रै देशमा मात्र छ । जस्तो जस्तो कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपतिलाई शपथ खुवाए । सकिनेबित्तिकै राष्ट्रपतिलाई नमस्कार गर्नुप¥यो, कुर्सीमा बस्दा पनि अनुमति चाहियो किनभने राष्ट्रपति भनेका राष्ट्रप्रमुख हुन्, प्रधानन्यायाधीशचाहिँ संवैधानिक अंगका एकजना पदाधिकारी मात्रै ।