प्रधानमन्त्रीले तयार गरे मन्त्रालय बाँडफाँटको प्रस्ताव, मन्त्री बन्ने नेताहरु को–को छन् ?

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ वटा मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । सत्ता गठबन्धनमा भएको छलफलमा सो सहमति भएको हो । कांग्रेसले भने सबैभन्दा धेरै ८ वटा मन्त्रालय पाउने स्रोतको दाबी छ ।बालुवाटार स्रोतका अनुसार एकीकृत समाजवादीले २ वटा मन्त्रालय तथा जसपाले पनि २ वटै मन्त्रालय पाउने गरी सकारात्मक छलफल भएको छ ।

Advertisement 1

सरकारमा सहभागी हुन चाहने अन्य पार्टीलाई भने १–१ वटा मन्त्रालय दिनेगरी सहमति भएको छ । सबभन्दा पेचिलो बनेको अर्थ मन्त्रालय कसले लिने भन्ने बारे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफ्नो दलले लिएर कांग्रेसलाई अर्थ दिन चाहेका छन् । तर कांग्रेसबाट सरकारमा पार्टीको नेतृत्व गरेर आउन चाहेका उपसभापति पूर्णबहादुर खड्काको दाबी गृह मन्त्रालयमा छ ।

तर कांग्रेस र माओवादीमध्ये कसले गृह र कसले अर्थ मन्त्रालय लिने भन्ने टुंगिएको छैन । दुई मन्त्रालयमा माओवादीका नारायणकाजी श्रेष्ठ र कांग्रेसका पूर्णबहादुर खड्काको सम्भावना बलियो रहेको नेताहरु बताउँछन् ।

Advertisement 2

त्यसो त प्रवक्ता महत ले पनि सरकारमा पार्टीको नेतृत्व गर्न चाहेको श्रोतको दाबी छ । अर्का उपसभापति धनराज गुरुङलाई पार्टीबाट सहभागि मन्त्रीहरुको नेतृत्व गराउनुपर्ने पर्नेमा शेखर–गगन समूहको दाबी रहँदै आएको छ । कांग्रेसबाट मन्त्रीको सूचीमा जीवन परियार, तेजुलाल चौधरी, डिगबहादुर लिम्बु, सञ्जय गौतम, दीपक खड्का, राजन केसी, एनपी साउद, किशोरसिंह राठौर, मोहन बस्नेत, शंकर भण्डारी, रमेश रिजाल, उदयशम्शेर राणा, सीता गुरुङ, श्याम घिमिरे, वीरबहादुर बलायर रहेका छन् ।

प्रकाशित :२०७९ चैत्र १२, आईतवार ०९:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry