एकै वर्षमा ४ ओटा लोकसेवा परीक्षामा नाम निकाल्न सफल भईन नविना दाहाल

पछिल्लो समयमा सबैको आकर्षणको केन्द्र भनेकै सरकारी सेवा हो । सरकारी सेवामा पनि महत्वपूर्ण सेवाका रुपमा निजामति सेवा नै हो ।

Advertisement 1

निजामति सेवामा सेवाको सुरक्षा छ । जनतासँग प्रत्यक्ष सम्पर्कमा गएर सेवा प्रवाह गर्न सकिन्छ । अर्को कुरा सरकारी सेवा भनेको सरकारको काम कारबाही, सरकारको पदीय दायित्व र जिम्मेवारीमा रहेर समाजसेवा गर्ने हो ।

यसलाई जति सक्यो आफूले राम्रो काम गर्न सकियो भन आफ्नो पनि स्कोप छ र जनताले हेर्ने दृष्टिकोण पनि राम्रो हुन्छ । एउटा सेवाको सुरक्षा, एउटा वृद्धिको सम्भावना र अर्को आर्थिक रुपमा पनि सामाजिक सुरक्षाका हिसाबले पनि अवकाशपछि पनि ग्यारेन्टी भएकाले सरकारी सेवामा पनि आकर्षण छ । त्यसमा सबैभन्दा महत्वपूर्ण निजामति सेवा हो ।

Advertisement 2

निजामित सेवामा प्रवेश गरेको व्यक्तिले आफूलाई नैतिकवान, समर्पित र पेशाप्रतिको व्यवसायिक रुपमा अगाडि बढ्न सक्यो भने त्यो व्यक्ति सफल हुन्छ । र, यसमा स्कोप पनि छ । मिहिनेत गर्ने, असफलतासँग हार नखाने र निष्पक्षतामा विश्वास गर्ने जोसुकैलाई निजामती सेवा ‘करिअर’ को आकर्षक ‘प्लेटफर्म’ हो । त्यस्ता व्यक्तिहरूलाई निजामती सेवामा जाने प्रवेश बिन्दु लोकसेवा आयोगले लिने परीक्षा हो ।

प्रयास गरेपछि अवश्य पनि सफल भइन्छ भन्ने मेरो मान्यता छ। निरन्तरको मिहिनेत र आत्मविश्वास बोकेर अघि बढेको खण्डमा लोकसेवाको परीक्षामा सफलता हात लाग्छ । यसैबीच धनकुटाकी नविना दाहाल एकै वर्षमा ४ ओटा लोकसेवा परीक्षामा नाम निकाल्न सफल भएकी छिन् । भने उनले अख्तियारमा काम गर्ने निधो गरेकी छिन्। उनले नाम निकालेको परीक्षाहरुः

Advertisement 3

सहायक महिला विकास निरीक्षक (कोशी प्रदेश), सहायक पाचौं, सामान्य प्रशासन (गण्डकी प्रदेश), सहायक पाचौं, प्रशासन लेखा (कोशी प्रदेश), र नायब सुब्बा जलेश्वरबाट खुला तर्फ १ नं. सिफारिस भएकी छिन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै दाहालले लेखेकी छिन – “विश्वास आफुले आफुलाई गर्नुस एक दिन सफलता हजुरको हातमा हुने छ।” ब्याचलर सकेर जब काठमाडौ छिरे तब मैले देखेको एउटा सपना जुन आज पूरा भएको छ । यहाँसम्म आईपुग्दा मलाई हरेक समयमा हौसला दिने मेरा बा हरि दाहाल, आमा शान्ता दाहालका साथै पारिवारिक वातावरणमा राखेर मलाई पढ्ने वातावरण मिलाईदिने दिदी भिनाजुलगायत सम्पूर्ण आफन्त र सुवेच्छुकमाथी धन्यवाद जनाएकी छिन।

 

प्रकाशित :२०७९ फाल्गुन २६, शुक्रबार ०८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry