कुलमानको केटाकेटीपन : सरकारी निर्देशनको ‘ठ्याक्कै विपरित’ गर्न उद्यत

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारी निर्देशनको ‘ठ्याक्कै विपरित’ काम गरिरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रालय मातहतको निकाय प्रमुखका रुपमा सरकारले नै नियुक्त गरेका कर्मचारीले केटाकेटीपन देखाएर सरकारकै निर्देशन विपरित काम गरिरहेका हुन्।

Advertisement 1

सरकारले घिसिङसँग करिब ३ साताअघि प्राधिकरणबाट पछिल्लो ४ वर्षयताका ठेक्काको विवरण माग गरेको थियो। ठेक्कामा घिसिङले गरेका मनपरी छताछुल्ल भइसकेका छन्। तिनै मनपरीमा टेकेर घिसिङलाई सरकारले न्याक्नसक्ने डर छ। त्यही डरले ठेक्काको विवरण उपलब्ध नगराएको आसंका मन्त्रालय स्रोतको छ। ‘यस्तो पनि काँही हुन्छ? मन्त्रालयमा कुनै विवरण उपलब्ध नगराउने, विवरण माग गर्दा पनि स्पष्टीकरणको हल्ला फैलाउने?’ मन्त्रालय उच्च स्रोतले प्रश्न गर्दै भन्यो, ‘प्राधिकरणका ठेक्कामा घिसिङले आफूले ठेक्का हत्याउन सक्नेजति सबै हर्कत गरेका कुरा बाहिर आइसकेका छन्। त्यहीँनेर आफू न्याकिने डरले विवरण उपलब्ध गराउन समय मागको बहाना गर्नुभएजस्तो छ।’

ऊर्जा मन्त्रालयले मातहतको निकाय प्राधिकरणबाट गत असोज २३ गते पछिल्लो ४ वर्षयता भएका ठेक्का सम्झौताको विवरणलगायत खरिदका कार्यहरुको विवरण १५ बुँदामा मागेको थियो। उक्त अवधि विवरण नबुझाइकनै घिसिङले विवरण बुझाउने अवधि गुजारिदिएका छन्। उक्त विवरण बुझाउने अन्तिम मिति यही कार्तिक ७ गते थियो। सोही दिन घिसिङले मन्त्रालयमा पत्र पठाएर प्राधिकरणका कर्मचारी दसैंको विदामा भएका कारण विवरण संकलनमा समय लाग्ने जानकारी गराएका छन्। कर्मचारी आएपछि विवरण उपलब्ध गराउने भन्दै थप १५ दिनको समय दिन उनले पत्रमा लेखेका छन्।

Advertisement 2

घिसिङले ऊर्जा मन्त्रालयले नगर भनेको काम चाँही तत्काल गरिरहेका छन्। गत बिहीबार सरकारले डेडिकेटेड तथा ट्रंकलाइनको सुविधा लिएका उद्योगको विद्युत् बक्यौतासम्बन्धी विवाद सामाधान ननिस्कुन्जेल विद्युत् लाइन नकाट्न निर्देशन दिएको थियो। ऊर्जा मन्त्री दीपक खड्काले वार्ताबाटै विद्युत् बक्यौता विवाद सामाधान गरिने र यो विषय लेखा समितिमा छलफलको क्रममा रहेको भन्दै घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन दिए। तर, घिसिङले ऊर्जा मन्त्रीको निर्देशनविपरित धमाधम लाइन काटिदिए। यसबाट घिसिङको केटाकेटीपन छर्लंग हुन्छ। साथै घिसिङले माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डबाहेक कसैको निर्देशन नमान्ने स्पष्ट हुन्छ।

प्राधिकरणका ठेक्काको सन्दर्भमा त घिसिङले सार्वजनिक खरिद ऐनविपरित मनपरी गर्ने गरेका छन्। सार्वजनिक खरिद ऐन कार्यान्वयन गराउने निकाय सार्वजनिक खरिद पुनरावलोकन समिति (पीपीआरसी)का आदेश पटक्कै नमानेका प्रमाण इकर्मचारी डटकमले यसअघि नै प्रकाशित गरिसकेको छ।

Advertisement 3

विद्युत् प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का : ‘ग्लोबल टेण्डर’मा कुलमानको बलमिचाइँ

२ अर्ब ३९ करोडको ठेक्का : कुलमान बलमिचाइँको ‘टाइमलाइन’

२ अर्ब ३९ करोडको ठेक्का : न्यायिक फैसला कार्यान्वयनमा कुलमानको अटेरी

२ अर्ब ३९ करोडको ठेक्का : कुलमानको बलमिचाइँप्रति सांसदहरुको प्रतिक्रिया

२ अर्ब ३९ करोडको ठेक्कामा कुलमानमाथि छानबिन माग, अख्तियारमा उजुरी

कुलमान घिसिङ : प्राधिकरणका एमडी हुन् कि? भारतीय कम्पनीलाई पोस्ने एजेन्ट?

अटेरी कुलमान

कुलमानका दाई एजेन्ट रहेको कम्पनीलाई ठेक्का दिन विदेशी दाता ईआईबीकै ‘गाइडलाइन’ उल्लंघन

कुलमान घिसिङलाई योगेश भट्टराईको प्रश्न : प्राधिकरण भित्रका ठेक्कापट्टा कसरी भएका छन्?

लेखा समितिमा कारबाही पर्खिरहेको कुलमानमाथिको अर्को मुद्दा

कुलमानमाथि छानबिनमा अख्तियार आफैं अग्रसर होऊ

कुलमान घिसिङ : लोकप्रियताको काम एक, अनियमितता अनेक

२ अर्ब ३९ करोडको ठेक्का : ईआईबीले माग्यो कागजात, संशोधित बोलपत्रमा १० करोड घाटाको नाटक

अनियमिततामा फस्नसक्ने कुलमानका सारथी, जसले गरे बोलपत्र संशोधन

चौतर्फी विवादमा कुलमान : लक्जमवर्गदेखि नेपालका अड्डाअड्डामा उजुरी, छानबिन गर्न माग

‘आर्थिक प्रस्ताव खोलिसकेपछि जाँचबुझ समिति गठन गर्नु गैरकानुनी हो’

डेढ अर्ब बढीको तार आपूर्तिको ठेक्कामा पनि कुलमानको बदमासी : न्यायिक निकायले दुईपटक दिएको आदेश मानेनन्, उच्च अदालतले लगायो घिसिङको जबर्जस्तीमा ब्रेक

पीपीआरसीकै इजलासमा प्राधिकरणकै कानुन अधिकृतको दाबीले बल पुग्छ- व्यक्तिगत स्वार्थमै कुलमानको जाँचबुझ समिति

२ अर्ब ३९ करोडको ठेक्कामा अख्तियारले थाल्यो कुलमानमाथि छानबिन, राजन ढकाल पनि मुछिने

कुलमानको अर्को बदमासी : ६ अर्बको ठेक्कामा पनि ‘सेटिङ’

रोकिएन ठेक्कामा कुलमानको जबर्जस्ती : छानबिनमा रहेकै ठेक्कामा पुनः टेन्डर आह्वान

कुलमानसँग सरकारले माग्यो ४ वर्षयताका ठेक्काको विवरण, विवादित ठेक्काको कारणसमेत उपलब्ध गराउन निर्देशन

चर्चाको उन्मादमा भ्रष्ट कुलमान, यी हुन् कानुन नमानेका प्रमाण

कुलमानलाई स्पष्टीकरण : यस्तो छ १५ बुँदेको आधार

पुनः टेन्डर गर्न ईआईबीको स्वीकृति भन्दै कुलमानले मन्त्रालयलाईसमेत ढाँटे

कुलमानले विवाद निम्त्याएको ठेक्कामा पुनः टेन्डरको प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश

प्रकाशित :२०८१ कार्तिक १०, शनिबार १४:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry