गृहको कच्चा ताल :-सरुवाको सूची निकाल्छ,दिँदैन रमाना

दुई साता अघि  गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमनका २८ जना अधिकृतहरुको सरुवा गरेर काठमाडौं बाहिर पठाए । जसमध्ये १४ जना अधिकृत अध्यागमनबाट बाहिर पठाइएका छन् । त्यसमध्ये १० जना अधिकृत त्रिवि अध्यागमन,२ जना अध्यागमन कार्यालय,कालिकास्थान र दुई जना अधिकृत अध्यागमन कार्यालय भैरहवाका थिए ।

Advertisement 1

बालकृष्ण खाँण गृहमन्त्री र टेकनारायण पाण्डे सचिव हुँदा गृहको कर्मचारी प्रशासनसँग सेटिङ त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागमा पुगेका अधिकृतहरुलाई दुर्गम र तराई क्षेत्रका जिल्लामा पठाइएको बताइए पनि अधिकांशलाई गृह आफैंले रमाना नदिइ रोकिराखेको स्रोतले जनाएको छ ।

Advertisement 2

Advertisement 3

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट केही समयअघि अध्यागमन अधिकृत र नायव सुब्बाहरु गरी करिब दुई दर्जन कर्मचारीको सरुवा गरेको थियो । सरुवालगत्तै उच्चपदस्थ पदाधिकारीहरुले ती कर्मचारी सेटिङमा त्यहाँ रहेको आरोप लगाउँदै सरुवा गर्नुपरेको स्पष्टिकरणसँगै नाम सार्वजनिक गरिदिएका थिए । तर अहिले तिनै कर्मचारी नभए अध्यागमन कार्यालय नचल्ने अवस्थामा पुगेपछि उनीहरुको सरुवा उल्टाइएको बुझिएको छ । उनीहरुलाई सरुवा गरिएको कार्यालयमा तत्काल रमाना दिन मन्त्रालय हच्किरहेको छ । अहिले गृह आफैंले गरेको सरुवा नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाबुको अनुहार बन्न पुगेको गृहकै एक उपसचिवले टिप्पणी गरेका छन् ।

उता त्यहाँ बर्षाैदेखि नासु टंकनाथ गौतम र राजीव महत्तोहरु जरा गाँडेर बसिरहेका छन् । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय दरबन्दी भएपनि कम्प्युटर अपरेट महतो करिब एक बर्ष अघि देखि अध्यागमन विभागमा काजमा कार्यरत छन् । ०७८ वैशाख देखि जिल्ला प्रशासन कार्यालय सिन्धपाल्चोकमा दरबन्दी रहेका महतोको ०७८ भदौ ११ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा भएको थियो भने ०७८ चैत १४ को निर्णयानुसार पुन काजमा नै अध्यागमन विभागमा कार्यरत छन् ।

उसो त यो त्यही विभाग हो जहाँ कम्युटर अपरेटर प्रभातकुमार मल्लिक काठमाडौं बाहिर दरबन्दी भए पनि अध्यागनमै कार्यरत थिए । इलाका प्रशासन गोटिखेल,उच्च अदालत पाटन,अध्यागमन कार्यालय पोखरामा दरबन्दी हुँदा समेत उनी लामो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमै डेरा जमाएर बसेका थिए । अहिले नख्खु कारागारमा कार्यरत छन् तर उनको दरबन्दी पोखरा अध्यागमनमा रहेको गृह स्रोतले जनाएको छ ।
उसो त त्यही अध्यागमन कार्यालय हो,जहाँ भ्रष्टाचार मुद्धा चलिरहेको कर्मचारी बालकृष्ण खाँण गृहमन्त्री र टेकनारायण पाण्डे सचिव हुँदा सेटिङ मिलाएर नेपाली काँग्रेसको भातृ संगठन नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलका भाइ कुमारलाई पठाइएको थियो । उनी लोकसेवा आयोगबाट सिधै अध्यागनमा फिट भएका थिए । वैदेशिक रोजगार विभागमा कार्यरत रहँदा भ्रष्टाचार गरेको अभियोगमा उनीमाथि परेको मुद्धा विशेषबाट छिनोफानो भए पनि विशेषको फैसला चित्त नबुझे पछि अख्तियार सर्वाेच्च अदालतमा पुगेको छ । सो मुद्धा विचराधिन छ ।

प्रकाशित :२०८० असार १३, बुधबार ०९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry