अनौपचारिक क्षेत्रको निदान कार्ययोजनाबारे छलफल:९५.५ % महिला अनौपचारिक क्षेत्रमा कार्यरत
काठमाडौं । नेपालमा आर्थिक रुपमा अनौपचारिक क्षेत्रमा सक्रिय मानिसहरुलाई औपचारिक क्षेत्रमा सहभागि गराउने संशोधित कार्ययोजनामाथि छलफल भएको छ ।काठमाडौं आयोजित एक कार्यक्रममा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव डण्डु राज घिमिरेले, नेपालमा आर्थिक रुपमा सक्रिय मानिसको झण्डै ७० प्रतिशत मानिस अनौपचारिक क्षेत्रमा कार्यरत रहेको जानकारी दिदैँ उनीहरुलाई औपचारिक क्षेत्रमा ल्याउन संशोधित कार्ययोजनाबारे जानकारी दिए ।
Advertisement 1
नेपालको अनौपचारिक क्षेत्रमा पुरुषको तुलनामा महिला बढि संलग्न रहेको बताएका उनले भने ‘ अनौपचारिक क्षेत्रमा काम गर्ने पुरुष भन्दा महिलाको संख्या बढी छ तर त्यो काउन्टमा आएको छैन् ।’
९५ दशमवल ५ प्रतिशत महिला अनौपचारिक क्षेत्रमा कार्यरत रहेको नेपाल लेवर फोर्स सर्भेले देखाएको छ ।
विश्वमा अनौपचारिक रोजगारीको क्षेत्रलाई हेर्न हो भने अमेरिकी सेन्ट्रल इन्टेलिजेन्ट्स नामक संस्थाका अनुसार कृषिमा बाहेक करिब ५० लाखको हाराहारीमा मानिस अनौपचारिक क्षेत्रमा कार्यरत छन।
नेपालमा पनि विश्व बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन, यूएनडीपी जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले गरेको अध्ययनले झण्डै ४० प्रतिशतभन्दा बढी अनौपचारिक अर्थतन्त्र रहेको देखाएको छ।