टेलिकमले माग्यो टेक्निसियनदेखि उपप्रबन्धकसम्मका पदमा ७३ कर्मचारी (विज्ञापनसहित)
नेपाल दूरसञ्चार कम्पनीले एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले टेक्निसियनदेखि उपप्रबन्धक पदका लागि ७३ कर्मचारी माग गरेको हो ।
टेलिकमले सबैभन्दा बढी जुनियर टेक्निसियन पदमा १७ जना माग गरेको छ भने,टेक्निसियन पदमा ११ जना, सहायक पदमा ११ जना र टेलिकम इन्जिनियर पदमा १० जना माग गरेको छ ।
कम्पनीको सूचना अनुसार उपप्रबन्धक (९औं तह) पदमा १ जना,बरिष्ठ इन्जिनियर पदमा २ जना, वरिष्ठ लेखा अधिकृतमा १ जना, टेलिकम इन्जिनियर ५ जना, टेलिमक इन्जिनियरमा जना र सिभिल इन्जिनियरमा १ जना कर्मचारीको माग गरेको छ ।
Advertisement 1
त्यसैगरी, कम्पनीले सहायक लेखा अधिकृत पदमा ४ जना, सहायक प्रशासनिक अधिकृत पदमा ३ जना, सहायक व्यापार अधिकृत ४ जना माग गरेको छ ।
योग्यता पुगेका व्यक्तिहरुले आगामी चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
Advertisement 2