निजामती प्रवेश :- स्याङ्जा पहिलो, मनाङ शून्य,अन्य जिल्लाको पोजिसन कस्तो ? (विवरणसहित)
निजामती सेवामा स्याङ्जा ले वर्चश्व कायमै राखेको छ । आर्थिक वर्ष २०७८ ७९ मा लोक सेवाको परीक्षा पास गरेर निजामती सेवातर्फ सबैभन्दा धेरै स्याङ्जा जिल्लाका उम्मेदवार सिफारिस भएका छन् ।
Advertisement 1
लोकसेवाको बार्षिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक बर्षमा स्याङ्जाका १२२ जना निजामती सेवामा प्रवेश गरेका छन् । लोकसेवाको प्रतिवेदन अनुसार महिला २९ जना र पुरुष ९३ जना सिफारिस भएका छन् । यस्तै दोश्रोमा काठमाडौंका ११४ जना सिफारिस हुँदा महिला ६४ र पुरुष ५० जना सिफारिस भएका छन् । यस्तै गुल्मीबाट १०५ जना सिफारिस हुँदा पुरुष ७१ र महिला ३४ जना सिफारिस भएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै चौथौमा मोरङका ६९ जना जना सिफारिस हुँदा महिला १७ र पुरुष ५२ जनाले प्रवेश पाएका छन् । पाँचौंमा अर्घाखाँचीका ६८ जना सिफारिस हुँदा २० महिला र पुरुष ४८ जना सिफारिस भएका छन् ।
यस्तै धनुषाबाट जम्मा ६७ जना,पर्वतबाट ६६,कास्कीबाट ६४,दाङ बाट ६४,झापाबाट ६३ र सप्तरीबाट ६२ जना सिफारिस भएका छन् ।
सबैभन्दा कम सिफारिस हुनेमा सोलुखुम्बुबाट ७ र हुम्लाबाट ७ जना, मुस्ताङबाट १ जना,रसुवाबाट १ जना,बाजुराबाट १ जना सिफारिस हुँदा मनाङबाट भने वर्षभरिमा एक जना पनि निजामती सेवामा प्रवेश नगरेको लोक सेवा आयोगले जनाएको छ ।