सरकारी क्वार्टरभित्रै अश्लिल हर्कत गर्ने उपसचिव निरौला पुरस्कृत :- पर्सा मालपोत प्रमुखको जिम्मेवारी

सरकारी क्वार्टरभित्रै डिभोर्सी महिलासँग अश्लील हर्कत गरेर विवादमा तानिएका उपसचिव डमरुप्रसाद निरौलाले पनि आकर्षक कार्यालयको जिम्मेवारी पाएका छन् ।
निरौला झापा दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा गत साउन १३ गते सरकारी क्वाटरमा एक डिभोर्सी युवतीसँग अश्लील हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा छरपष्ट भएको थियो । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टा भित्र मन्त्रालयमा हाजिरी हुन उनलाई चिठी काटेको थियो । साउन दोस्रो साता झापास्थित दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भएसँगै सामान्यले अतिरिक्त समूहमा तानेको थियो २४ साउनबाट ।
Advertisement 1
करिब ४ महिनासम्म निरौला मन्त्रालको अतिरिक्त समूहमा बसे । मंसिर दोश्रो साता उनलाई सामान्यबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएको थियो । भूमि व्यवस्था आउने बित्तिकै उनलाई महत्वपूर्ण जिम्मेवारी दिइएको पाइएको छ ।
जसरी कार्यालयमै यौनजन्य क्रियाकलापमा संग्लग्न रहेका अधिकृत काजिमान राई र रेश्मा राईहरुलाई साधरण सोधपुछ,स्पष्टीकरण समेत सोधिएन उसैगरी डमरुलाई समेत केरकार,स्पष्टीकरण समेत नसोधी महत्वपूर्ण कार्यालयको जिम्मेवारी दिएर पठाइएको पाइएको हो । उपसचिव डमरुप्रसाद निरौलालाई भूमि व्यवस्था मन्त्रालय मातहतको पर्सा मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो । प्रशासन समूहका कर्मचारीहरू पर्सा मालपोत कार्यालय जान मरिहत्ते गर्ने गरेका कारण यसलाई आकर्षक मानिन्छ ।
यता यस्तै हर्कत सार्वजनिक भएपछि काजीमान राईलाई साधरण स्पष्टीकरण समेत नसोधी पालिकाकै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको र उनीसँगै कार्यकक्षमै यौनजन्य गतिविधि गर्ने लेखा अधिकृत रेश्मा राईलाई सामान्य प्रशासनमा तानिएको छ ।
Advertisement 2
निजामती सेवा ऐन ०४९ मा सजायसम्बन्धि व्यवस्था गरिएको छ । ऐनको दफा ५९ ले सामान्य सजाय अन्तरगत नसिहत दिने,दुईदेखि पाँच बर्र्षसम्म बढूवा रोक्का गर्नेदेखि तलब बृद्धिसम्म रोक्का गर्न सक्ने व्यवस्था गरेको छ । यस्तै भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्तसम्म गर्न सक्ने व्यवस्था ऐनमा भए पनि कार्यन्वयन नगर्ने वा कर्मचारीलाई बचाउमा लाग्ने परिपाटीले निजामती वृत्तमा दण्डहिनता मौलाउँदै गएको देखिन्छ ।
Advertisement 3