बयान फेरे पछि तीन सरकारी साक्षीविरुद्ध अख्तियारले चलायो मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपीलाई जोगाउने गरी बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
Advertisement 1
सिन्धुपाल्चोकमा रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर भोगेन्द्रप्रसाद साहसमेतको मुद्दामा घुसबापतको रकम दिएको बयान दिएका थिए ।घुस लिएकोसम्बन्धी मुद्दामा बयान फेरेका तीन जनाविरुद्ध अख्तियारले विशेषमा मुद्धा दायर गरेको हो ।
बद्री आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जीवी आचार्य र रत्नप्रसाद आचार्यलाई सरकारी साक्षीका रूपमा अदालतमा पेश गरिएको थियो । तर इन्जिनियर भोगेन्द्रप्रसाद साहसमेतको मुद्दामा घुसबापतको रकम दिएको भनिएका उनीहरूले बयान फेरेका थिए । सरकारी साक्षीका रूपमा पेस गरिएका तीन जनाले घुसबापतको रकम दिएको बयान फेरेपछि उनीहरुविरुद्ध मुद्धा दायर गरिएको हो ।
Advertisement 2
विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले समुन्द्र र चिरञ्जीवीविरुद्ध २९ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । यस्तै रत्नप्रसाद आचार्यले ८५ हजार रुपैयाँ घुस दिई कसुर गरेको देखिएको भन्दै त्यही बराबरको बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।