स्थायी कार्यालय सहयोगीहरूको सेवा समूह र पद परिवर्तन गरिने

Advertisement 1
सरकारले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरूको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ । अस्ति मंगबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थायी कार्यालय सहयोगीहरूको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको हो ।
यस्तै सरकारले कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय गरेको जनाइएको छ ।
यस्तै, निजामति सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने पनि निर्णय पनि अस्तिको क्याविनेटले गरेको छ । यस्का अलवा वीरगञ्ज सिमरा पोखरिया प्रशारण लाइनको टावर तथा सब स्टेसनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, उपत्यका भित्रका प्रशारण लाइन तथा सब स्टेसनहरूमा संरचनात्मक सुधार, स्तरोन्नति तथा विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाइ बनावट हेरफेर गर्न स्वीकृती दिएको छ । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा शीतल साहु पूर्वेलाई नियुक्त गर्ने निर्णय समेत क्याविनेटले गरेको छ ।
यस्तै सरकारले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ को मस्यौदा उपर लोकसेवा आयोगको परामर्श लिने, मध्य भोटेकोशी जलविद्युत् आयोजनाको २२० केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने, कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने र भेडेटार स्काई वार्प निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ ।