अर्थबाट बाहिरिएका सहसचिवको असन्तृष्टि:-‘आयात- निर्यात हामीले नै ठप्प पारेझैं गरि लखेटियो’
मन्त्रीहरुका लागि भडाँस पोख्ने पहिलो माध्यम बनेका छन् कर्मचारी । स्थायी सरकार मानिने कर्मचारीलाई सरकार र मन्त्री फेरिएपिच्छे भकुण्डो बनाउने सिलसिला जारी छ ।
प्रचण्ड नेतृत्वको सरकार बनेसँगै यसको सुरुवात अर्थ मन्त्रालयबाट भयो । अर्थका सचिवद्धय कृष्णहरि पुष्कर र रामेश्वर दंगाल सबैभन्दा पहिलो निशानामा परे ।
अहिले कृष्णहरि पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै संघीय मामिला तथा सामान्य प्रशासनको सचिवको भूमिकामा छन् । त्यहाँ तोयम राया र रामप्रसाद घिमिरेलाई भित्राइएको छ ।
Advertisement 1
अर्थपछि गृहले एकै पटक ७० जना सहसचिव र उपसचिवहरुको सरुवा गर्यो । सामान्य प्रशासनले किस्ता किस्तामा सरुवा गरिरहेकै छ । हिजोमात्र भौतिक मन्त्रालयका २० सहसचिव एकै लटमा सरुवामा परेका छन् ।
प्रचण्ड नेतृत्वको सरकार गठन भएसँगै ११ जना सचिवहरु सरुवामा परिसकेका छन् । यता अर्थको सेटै परिवर्तन भइसकेको छ । पूर्व अर्थमन्त्री जनार्दन शर्माका कारण विग्रिएको अर्थतन्त्रलाई सुधार गर्नका लागि भन्दै अर्थ र राजश्वको सचिवहरु परिवर्तन भएसँगै अर्थका सहसचिवहरु पनि हेरफेरमा परेका हुन ।
केदारनाथ शर्मा गृहतिर पुगेका छन् । अर्थबाट आधा दर्जन सहसचिवहरुलाई बाहिर पठाएर त्यहाँ नयाँ सहसचिवहरुलाई भित्राइएको छ । बजेट तथा कार्यक्रम हेर्ने रितेश शाक्य,आनन्द काफ्ले यथावत छन् । अर्थमा सहसचिवहरुमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकबाट सेवन्तक पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट श्रीकृष्ण नेपाल, राष्ट्रिय योजना आयोगबाट धनीराम शर्मा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराबाट राम प्रसाद आचार्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रमेश अर्याल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट झक्क प्रसाद आचार्यलाई भित्राइएको थियो ।
Advertisement 2
यसअघि ईश्वरी अर्याल अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखामा, सुमन दाहाल वित्तीय संघीयता समन्वय महाशाखा, रितेश शाक्य बजेट महाशाखामा थिए। यी तीनै जनालाई महाशाखा फेरबदल गरिएको हो।इश्वरीप्रसाद अर्याललाई वित्तीय संघीयता समन्वय महाशाखा,रितेशकुमार शाक्यलाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ भने सुमन दाहालको जिम्मेवारीमा आर्थिक नीति विश्लेषण महाशाखा परेको छ । यस्तै कमलप्रसाद भट्टराईलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको जिम्मेवारी पाएका छन् ।
प्रवक्तासमेत रहेका योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव आनन्द काफ्ले र कानून तथा फैसला कार्यानवयन महाशाखा प्रमुख डा अर्जुन कुमार खड्कालाई चलाइएको छैन,उनीहरु पूरानै जिम्मेवारीमा छन् । अर्थ ल्याइएका सेवन्तक पोखरेललाई भन्सार विभागको उपमहानिर्देशक र शिवलाल तिवारीलाई भन्सार जाँचपास कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै श्रीकृष्ण नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा,धनीराम शर्मालाई बजेट तथा कार्यक्रम महाशाखा,झक्कप्रसाद आचार्यलाई वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा,लक्ष्मीप्रसाद निरौलालाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ ।
यता, यही साता चण्डी घिमिरे उपसचिवबाट सहसचिवमा उक्लँदै छन् । बढुवालगत्तै उनले ठूला करदाता कार्यालय नभए साना करदाता कार्यालय जाने मनस्थिति बनाएका छन् । ठूलामा राजेश्वर ज्ञवाली र मझौलामा ढुण्डी निरौला कार्यरत छन् ।
Advertisement 3
अर्थमन्त्रीमा विष्णु पौडेल भित्रिएलगत्तै जनार्दनको पालाका सचिव र सहसचिवलाई ‘युक्रेन युद्ध तिमीहरूले गराएका हौ, तेलको भाउ बढाउने र आयात निर्यात ठप्प पार्ने तिमीहरू हौँ’ कौ शैलीमा लखेटिएको भन्दै केही कर्मचारीले इकर्मचारी डटकमसँग तीतो पोखेका छन् ।