अस्पताल बन्दको कार्यक्रम फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरी हवल्दार सम्भुजंग गुरुङको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक डा जनिथलाल सिंह घाइते भएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्न जाने क्रममा शुक्रबार ड्युटीमा रहेका प्रहरीको आदेश पालना नगर्दा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा जनिथलाल सिंहलाई लौराले हिर्काएका थिए ।
Advertisement 1
चिकित्सक संघको विरोध पछि प्रहरीले चिकित्सक कुट्ने हवल्दारलाई निलम्बन गरेको छ ।चिकित्सकमाथि लाठी प्रहार गर्ने हवल्दारलाई आवश्यक कारबाहीका लागि निलम्बन गरिएको प्रहरीले जनाएको छ । घाइते डाक्टर सिंहको ट्रमा सेन्टरको आइसीयूमा उपचार भइरहेको छ।
चिकित्सक संघले आइतबार देशभर आकस्मिक बाहेकका सेवा ठप्प बनाउँने निर्णय गरेको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालले विज्ञप्ती जारी गरी आइतवार अत्यावश्यक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरिसकेको छ ।
Advertisement 2
यता स्वास्थ्य मन्त्रालयले भने चिकित्सक संघले आव्हान गरेको अस्पताल बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शनिबार राती विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हटन नेपाल चिकित्सक संघसंग आग्रह गरेका छन् ।