कर्मचारी सरुवामा देखिएको विकृती रोक्न सामान्यको सात बुँदे परिपत्र (परिपत्रसहित)
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रचलित कानुन अनुसार मात्र गर्ने परिपत्र गरेको छ ।
मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार सबै मन्त्रालय, आयोग र सचिवालयलाई प्रचलित कानुनबमोजिम मात्र सरुवा, कामकाज र जिम्मेवारी तोक्न ७ बुँदे परिपत्र जारी गरेको हो ।
जसअनुसार अब सहसचिव तहका कर्मचारीको पदस्थापन गर्दा मन्त्रालयको अनिवार्य सहमति लिन भनिएको छ । निजामती सेवा ऐन, २०४९ को दफा १५ (१) बमोजिम राजपत्राङ्कित प्रथम श्रेणीको विभागीय प्रमुखको पदमा कुनै पनि कर्मचारीलाई पदस्थापन गर्नुपर्दा मन्त्रालयको अनिवार्य सहमति लिन,साथैं तोकिएको न्यूनतम् सेवा अवधि नपुगी सरुवा गर्नु परेमा मन्त्रालयको सहमति लिन पनि भनिएको छ ।
यस्तै स्वीकृत दरबन्दीभन्दा तल्ला तहका कर्मचारीलाई खटाइएको भेटिएको कारण ७ भित्र स्वीकृत दरबन्दी अनुसार कै कर्मचारी खटाई जानकारी दिन पनि भनिएको छ ।
Advertisement 2
कुनै कर्मचारी कार्यक्षेत्रमा हाजिर नभएको भए हाजिर हुन पठाउने, सम्बन्धित निकायले हाजिर गराउने, कुनै कर्मचारी सो बमोजिम हाजिर हुन नगएको भएमा सोको विवरण समेत पठाउन मन्त्रालयले भनेको छ ।
saruwa