त्रिभुवन विमानस्थलको मुहार फेरिदै थप ४ ‘एक्सरे मेसिन’ जडान

मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको मुहार फेरिदै छ । विदेशी विमानस्थलको दाँजोमा निकै कमजोर रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्तरोन्नती गर्ने काम भइरहेको छ । यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ ।

Advertisement 1

विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकामा आजदेखि थप चारवटा एक्सरे मेसिन जडान गरी जाँचपास गर्न सुरु गरिएको जानकारी दिए ।उनले भने, “पहिले दुईवटा मात्रै एक्सरे मेसिन रहेकामा आजदेखि चारवटा एक्सरे मेसिन थपिएको छ । भन्सार एरियाको क्षेत्र साविकको भन्दा दोब्बरले बढाइएको र अवैध सामान तथा सुन आउने एरियाकोमा केही समय लाग्न सक्छ, अन्यथा भन्सार एरियाको जाँचमा अब १० मिनेटमा जाँचपास हुनेछ ।”

 

प्रकाशित :२०८० पुष १९, बिहीबार १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम