उपसचिव,लेखा अधिकृत र जिन्सि शाखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपसचिव विश्वराज मरासैनीसहित लेखा र जिन्सि शाखाको प्रमुखविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

Advertisement 1

बाराको सिम्रौनगढ नगरपालिकामा सफ्टवेयर खरिद गर्दा अनियमितता भएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारद्धारा दायर गरिएको आरोपपत्रमा भनिएको छ,जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाले अनावश्यक रुपमा सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा  बाराको आार्थिक बर्ष ०७६/०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडानरविस्तार गर्ने कार्यको लागि सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवले टिप्पणी पेश तथा सप्टवेयर खरिद कार्यको स्वीकृत गरी १ लाख ९९ हजार ८९७ भुक्तानी गरी सफ्टवेयर खरिद गरेको र सो सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको एवं गराएको देखिएको हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा  प्रमुख सुरेश प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा बिगो एक लाख उनान्सय हजार आठ सय सन्तानब्बे रुपैयाँ कायम गरी विषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर उल्लेख गरिएको छ ।

प्रकाशित :२०७९ चैत्र २२, बुधबार १३:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry