परराष्ट्रमा सुवेदीत्रयका पेलान

आफू उपसचिव बन्न नपाउने भएपछि शाखा अधिकृत चक्र सुवेदी सो प्रक्रिया नै भाड्ने खेलामेलामा लागे ।
Advertisement 1
परराष्ट्रका ११ अधिकृत उपसचिव बढुवा हुँदैथिए । लामो लफडा पछि ती अधिकृत उपसचिवमा बढुवा हुन लागेका थिए तर यो प्रक्रियामा आफू नअट्ने भएका कारण अदालती मुद्धा मामिला गरेर अरु अधिकृतलाई समेत बढूवाबाट बञ्चित गर्ने खेलोमा लागेका चक्र सुवेदीले अन्तत आफ्नो लागि दरबन्दी थप्न सफल भएका छन् ।
लामो समय लोकसेवा आयोगसँग रस्साकस्सी परेपछि परराष्ट्र सेवाका शाखा अधिकृतलाई कार्यसम्पादन मूल्याङ्कनबाट उपसचिवमा बढुवा हुने बाटो खुलेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक दरबन्दी भन्दै सात जनाको माग गरेर लोकसेवामा पठाएपछि तोकिएको सीट संख्यामा आफू नपर्ने निश्चित भएका कारण यो प्रक्रियाप्रति आपत्ति जनाउँदै भाँजो हालेका सुवेदी अन्तत अदालत मिलाएर दरबन्दी थप्न सफल भएका हुन ।
Advertisement 2
चक्रले सर्वोच्च अदालतमा पुगेर दायर गरेको रिटमा अदालतले अन्तरिम आदेशसमेत दिइसकेको छ । यसरी उनले निजामती प्रशासनको सर्वमान्य सिध्दान्तविपरित बढुवाको मुखमा पुगेका सहकर्मी अधिकृतहरूलाई रोक्ने प्रपञ्च गरेका थिए ।
बढुवाबिरुद्ध दायर गरेको रिटउपर सर्वोच्चबाट आफू अनुकूलको आदेश फुत्काएरै छाडेका छन् । अब उनीसहित १२ जनाको बढुवा हुने गरी सामान्य प्रशासन मन्त्रालयले नयाँ दरबन्दी मिलाउनुपर्ने हुन्छ । पहिला लोकसेवाले ११ जनाको लागि मात्रै सूचना निकालेको थियो । त्यही अदालतले थारुहरूको क्लष्टर पुगेन भनेर सेना, प्रहरी सबैको भर्ना रोकिदिएको छ ।
अर्कातिर, दिल्ली र चीनस्थित नेपाली दूतावासमा राजदूतपछिको डिसिएम पद रिक्त भएको छ । सहसचिवमध्येबाट पठाइनुपर्ने हो । अहिले परराष्ट्र मन्त्रालयमा त्यो जिम्मेवारी वहन गर्नेहरूको अभाव छ । तर, केही समयमै हुने बढुवा र लिखित परीक्षाबाट पदपूर्ति भएपछि तीमध्येबाट छानेर पठाइने भएको छ । त्यसरी दिल्ली र बेइजिङका सम्भावित डिसिएमहरूमा दिलिपकुमार पौडेल, खड्ग दाहाल र प्रकाशमणि पौडेलमध्येका हुने छन् । यीबाहेक लिखित परीक्षा उत्तीर्ण गरेर बाहिरका दुई र परराष्ट्रकै एक उपसचिव सहसचिव हुँदैछन् । तीमध्ये पनि जाने सम्भावना छ ।