जनयुद्ध दिवसमा बागमती प्रदेशभर बिदा
Advertisement 1
प्रधानमन्त्री प्रचण्डले सरकारी बिदा पुनरावलोकन गर्ने बताइरँदा उनकै पार्टीका मुख्यमन्त्री रहेको बागमती प्रदेशले जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
बागमतीमा अहिले मुख्यमन्त्रीको भूमिकामा छन् शालिकराम जमरकट्टेल । सो प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले
आगामी फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।
Advertisement 2
बिहीबार एक सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।
माघ २४ गते बसेको बागमति प्रदेशको क्याविनेट बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
Advertisement 3
प्रकाशित :२०७९ माघ २७, शुक्रबार ०५:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%