लोकसेवाको परीक्षामा थारुलाई आरक्षण दिन सर्वोच्चको परमादेश
सर्वाेच्च अदालतले थारू समुदायलाई पनि सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न सरकारको नाममा परमादेश जारी गरेको छ ।
Advertisement 1
सर्वाेच्चका न्यायधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
लोक सेवा आयोगले गर्ने कर्मचारी छनोटको विज्ञापनहरूमा थारु समुदायलाई आरक्षण नदिएपछि थारु कल्याणकारिणी सभाले सर्बोच्च अदालतमा रिट दायर गरेको थियो ।
Advertisement 2
उक्त रिटमाथि आजको इजलासले थारुसहित नयाँ आरक्षित वर्गका लागि जेजस्तो अनुपातमा आरक्षणको व्यवस्था छ, सोही अनुसार सरकारी सेवामा पनि आरक्षण दिन परमादेश जारी गरेको हो ।
Advertisement 3
प्रकाशित :२०७९ माघ २४, मंगलवार १८:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%