नेपाल राष्ट्र बैंकमा कर्मचारी एकता अधिवेशनबाट अध्यक्षमा थापा

नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक थापाथली ईकाइको एकता अधिवेशनबाट डिल्ली कुमार थापाको अध्यक्षतामा ९ सदस्यीय नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति तथा ११ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु चयन भएको छ ।
समितिमा उपाध्यक्ष वासु रिजाल, सचिव वेदनिधि विएन सापकोटा, सहसचिव लुमणि खनाल, कोषाध्यक्ष प्रकाश पोखरेल तथा सदस्यहरुमा राजेश अर्याल, शोभा पाठक, प्रकाश अधिकारी, टंक प्रसाद वाग्ले रहेका छन् ।
Advertisement 1
नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समितिका अध्यक्ष श्रीलाल कार्कीको अध्यक्षता तथा नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा नीलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यमा संचालित अधिवेशन भएको थियो ।
उद्घाटन सत्रमा एकता संयोजन समितिका संयोजक रुद्रप्रसाद तिम्सिना र सह संयोजक रेशम बहादुर बल्छौंडीले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए ।
Advertisement 2
निर्वाचित पदाधिकारीहरुलाई एकता संयोजन समितिका संयोजक तथा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष रुद्रप्रसाद तिम्सिना एवम् संघका महासचिव गोविन्द प्रसाद भण्डारीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।