आगामी बजेट लेख्न अर्थले बनायो ५ सदस्यीय समिति,संयोजक तोकिए बराल

अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक बर्षका बजेट लेखनको जिम्मेवारी सहसचिव भूपाल बरालको टिमलाई दिएका छन् । बरालको संयोजकत्वमा ५ सदस्यीय टोली बनाएर उनले आगामी आर्थिक बर्ष ०७९/ ८० को लागि बजेट लेखनको जिम्मेवारी दिएका हुन । बरालको संयोजकत्वमा चक्रबहादुर बुढा,ईश्वर केसी,महेश आचार्य र वावुराम सुवेदी सम्मिलित समिति गठन भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । जसमध्ये  बराल राजस्व व्यवस्थापन महाशाखा प्रमुखका रुपमा कार्यरत छन्, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख इश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी तोकिएका छन् ।

Advertisement 1

समितिले संसदको दुवै सदनमा पेश गरिने विनियोजन विद्येयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको छ ।

समितिले अर्थमन्त्री जनार्दन शर्मा , अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुस्कर , बरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्रकुमार उप्रेतीलगायतसँग समन्वय गरी बजेट लेखन कार्य अघि बढाउनेछ।

प्रकाशित :२०७८ चैत्र ५, शनिबार ०९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम