करारका ७१ जना कर्मचारीको जागिर चट

हेटौँडा उपमहानगरपालिकाले एकै पटक ७१ जना कर्मचारीलाई हटाएको छ । उपमहानगरपालिकाले करार सेवामा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको हो ।

Advertisement 1

उपमहानगरपालिकाको करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई एकै पटक हटाएको हो । यसरी हटाइनेमा कम्युटर अपरेटरदेखि प्राविधिक कर्मचारीहरुसम्म रहेका छन् ।

पालिकामा कार्यरत चौथो, पाँचौ र छैटो तहसम्मका ७१ जना कर्मचारीलाई हटाएको हो । यसरी हटाइएकोमा पूराना कर्मचारीदेखि हालैमात्र भर्ना भएका कर्मचारीहरु समेत परेका छन ।

Advertisement 2

साउनदेखि पुस मसान्तसम्मका लागि करार सेवामा राखिएका कर्मचारीको म्याद थप नभएको र उनीहरु हटाइएको उपमहानगरपालिकाले जनाएको छ ।

उनीहरुको करार सेवा अन्तरगतको म्याद नथप्ने निर्णय भएसँगै जनप्रतिनिधिबाट तोकआदेशकै भरमा करारमा नियुक्त भएकाको कर्मचारीहरुको जागिर गएको हो ।

प्रकाशित :२०७९ माघ १८, बुधबार १४:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry