सरकारी कर्मचारीको दुख :संघीय सरकार कामकाजका लागि खटाउने,स्थानीय सरकार हाजिरै गर्न नदिई फिर्ता पठाउने

दुख छ सरकारी कर्मचारी हुन पनि ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको एक कर्मचारीले स्थानीय तहका अध्यक्षले उल्टै फिर्ता पठाए पछि केन्द्रको सिंहदरबार र गाउँको सिंहदरबारबीच विवाद उत्पन्न भएको छ ।
यस्तो लफडा पैदा गरेको हो हुम्लाको अदानचुली गाउँपालिकाले ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस २९ गते नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका राजपत्र अनकिंत प्रथम श्रेणीका नन्दराज गिरीलाई खटाउने निर्णय गर्यो ।

Advertisement 2

अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही विवादित बनेपछि उनको स्थानमा मन्त्रालयले जिल्ला निर्वाचन कार्यालय सल्यानबाट काज सरुवा गरेको थियो नन्दराज गिरीलाई ।

मन्त्रालयका शाखा अधिकृत विवेक विडारी हस्ताक्षर भएको सरुवाको पत्र बोकेर गिरी सम्बन्धित गाउँपालिकाको कार्यालयमा पुगे पनि कामकाज गर्नका लागि ।
तर त्यहाँका अध्यक्ष मोहनविक्रम सिंहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिई फिर्ता पठाइदिएका छन् ।
अध्यक्ष गिरीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै गाउँपालिकासँग समन्वय नगरी मन्त्रालयले गिरीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएको भन्दै अध्यक्ष सिंहले फिर्ता पठाउन पत्राचार गरेका हुन् ।

प्रकाशित :२०७९ माघ ९, सोमबार १६:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry