लगातार तीन दिन सार्वजनिक बिदा

भोलि सोनाम ल्होसार पर्वको अवसरमा संघीय सरकारले एक दिन सार्वजनिक बिदा दिएको छ ।

Advertisement 1

आइतबार तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
भोलि सार्वजनिक संघसंस्था, शैक्षिक संघसंस्था, बैंक, बीमा, कम्पनीलगातका क्षेत्र बन्द रहनेछन् ।

यता स्थानीय सरकारले भने तीन दिन लगातार सार्वजनिक बिदा दिएका छन् । भोलिको सोनाम ल्होसार पर्वको अवसर पारेर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा आइतबारदेखि मंगलबारसम्म बिदा दिने निर्णय गरेको बताइएको छ ।

Advertisement 2

माघ ८,९ र १० गते सार्वजनिक बिदा दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बताए । गाउँ कार्यपालिकाबाट गत पुस २८ गतेको निर्णय अनुसार तीन दिन बिदा दिइएको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

यस्तै नुवाकोटको पञ्चकन्या गाउँपालिकाले सोनाम ल्होछारका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

Advertisement 3

गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले विज्ञप्ति निकाल्दै यही माघ ७, ८ र ९ गते तीन दिनसम्म स्थानीय पर्वका रूपमा सार्वजनिक बिदा दिइएको जनाएका छन्।

सूचना अनुसार तीन दिन पालिका क्षेत्रभित्रका सम्पुर्ण सरकारी, गैरसरकारी, निजी संघसंस्थाहरु बन्द रहनेछन्।

यस्तै, तामाङको बसोबास रहेको नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले माघ ९ गते सोमबार एकदिन मात्र ल्होछार बिदा दिने निर्णय गरेको छ।

प्रकाशित :२०७९ माघ ७, शनिबार १७:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry