सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी

पेट्रोलियम पदार्थको बढ्दो खपत घटाउनका लागि भन्दै सरकारी अधिकारीहरुले सातामा दुई दिन बिदा दिन प्रस्ताव अगाडि बढाएका छन् । आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई केही अघि १० बुँदे सुझाव पठाउँदै पेट्रोलियम पदार्थको खपत घटाउनका लागि भन्दै सातामा दुई दिन सार्वजनिक बिदा दिन सुझाव दिएको हो ।
आयल निगमको सुझाव अनुसार नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डेले यो प्रस्ताव सरोकारवालाहरुसँग राखेका हुन ।
अर्थमन्त्री जर्नादन शर्मासचिव गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलसहित नेपाल सरकारका सचिव,केही सहसचिवहरुको समेत उपस्थिती रहेको थियो । सो बैठकमा सचिव पाण्डेका प्रस्तावमा अर्थमन्त्री जनार्दन शर्मादेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल लगायत सकरात्मक रहेको अस्तिको बैठकमा सहभागीहरुले जनाएका छन् । अर्थमन्त्री शर्माले बोलाएको बैठकमा आगामी बर्ष अर्थात ०७९ सालदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने विषयमा सहमति नजिक पुगेको बैठकमा सहभागी कर्मचारीहरुले बताएका छन् ।
Advertisement 1
केही अघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बढ्दो व्यापार घाटा कम गर्न वा खपत कटौती गर्नका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिनेदेखि सवारीसाधनमा जोर रबिजोर प्रणाली लागु गर्नुपर्ने प्रस्ताव पठाएको थियो । सोही प्रस्ताव अनुरुप मंगलबार अर्थमन्त्री जनार्दन शर्माले डाकेको बैठकमा सचिव पाण्डेले सातामा दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव राखेका थिए ।सो प्रस्तावमा अर्थमन्त्री कन्भिन्स हुनुभएको र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पौडेल समेत सकरात्मक देखिनुभएको ती कर्मचारीको कथन छ ।
पेट्रोल र डिजेलको खपत कटौती गर्नका लागि सार्वजनिक तथा सरकारी सवारीसाधनको प्रयोग कम गराउने उद्देश्यले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव सचिव पाण्डेले राखेका थिए सो प्रस्तावमा अर्थमन्त्री सकरात्मक देखिएका हुन ।
सातामा दुई दिन बिदा दिने प्रस्ताव क्याविनेटमा लैजाने सहमती भएको छ । यदी यो बिषयमा प्रधानमन्त्री देउवा सकरात्मक देखिएको खण्डमा आउँदो बर्षदेखि नै सातामा दुई दिन अर्थात शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू हुनेछ ।