अन्तरस्थानीय तह कामकाजका लागि खटाइएका कर्मचारीले कसरी पाउँछन सरुवाको पत्र ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार एकै पटक स्थानीय तहमा कार्यरत ७८४ जना कर्मचारीहरुको अन्तरस्थानीय तह कामकाज सरुवा गर्यो । सरुवा भएर पनि पत्र हात नपरे पछि कर्मचारीहरु पत्र कसरी र कहाँबाट हात पर्दछ भन्ने अलमलमा छन् ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने यसरी अन्तरस्थानीय तह सरुवा भएका कर्मचारीहरुले अनलाइनबाटै पत्र लिन पाउने व्यवस्था गरेको जनाएको छ । मन्त्रालयले अन्तर स्थानीय तह कामकाजमा खटाईएका कर्मचारीको पत्र मन्त्रालको वेव साइटमा mofaga.gov.np अपलोड गरिने जनाइएको छ ।

मन्त्रालयबाट कामकाजका लागि खटाइएको पत्रको हार्डकपी उपलव्ध नगराइने भएका कारण मन्त्रालयमा भीडभाड नगर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

Advertisement 2

मन्त्रालयले दोहारो सहमति जुटाएर कामकाज सरुवा हुन जाँदा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर मात्र जान र कामकाजका लागि खटिएर आएका कर्मचारीलाई रमाना दिन र हाजिर गराउने कार्य निर्वाध र सहज रुपमा गराउन समेत आग्रह गरिएको छ ।
कामकाजमा खटाइदा केही त्रुटी भएको भएमा स्थानीय तह कर्मचारी प्रशासन शाखामा फोन नम्बर ०१–४२००२९९० अर्थात इमेल गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित :२०७९ भाद्र २३, बिहीबार १०:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry