बैतडीमा कर्मचारी अभावको पिडा कस्ले बुझ्छ ?

दरबन्दी अनुसारका कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय बैतडीमा सेवा प्रवाहमा समस्या पुगेको छ । कर्मचारी नहुँदा गर्नुपर्ने कामहरूमा ढिलाइ हुने गरेको छ ।

Advertisement 1

कर्मचारी अभावका कारण यसै महिनाको सुरुवातमा अविरल वर्षाले क्षति पुर्‍याएका ठाउँमा समेत प्रशासन कार्यालयको नेतृत्व पुग्न सकेको छैन । विगतमा प्रकोप भएको ठाउँमा सबैभन्दा पहिला जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी पुग्ने गरेकोमा अहिले नपुगेको दशरथचन्द नगरपालिकाका ३ का अजब पाण्डेयले बताए ।

उनले भने, ‘अहिले जिल्लाभरी बाढी पहिरोका घटना भए पनि प्रमुख जिल्ला अधिकारी जिल्लामा छैनन् । उहाँको गैर जिम्मेवारी देखिएको छ भने, उहाँकै निष्क्रियताका कारणसमेत प्रशासनमा कर्मचारी अभाव भएको हुनसक्छ ।’

Advertisement 2

दसैं पहिला बिदामा बसेका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे अझै पनि जिल्ला फर्किएका छैनन् । जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव भएकै कारण चाडपर्वका बेला गरिनुपर्ने बजार अनुगमन कार्यसमेत हुन सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयमा २३ जना कर्मचारीको दरबन्दी रहेकोमा १७ जना मात्रै कार्यरत रहेका छन् । एक जना सहायक प्रमुख जिल्ला अधिकारी, एक जना प्रशासकीय अधिकृत, दुई जना नायब सुब्बा, दुई जना खरीदार र एक जना कम्प्युटर अपरेटरको दरबन्दी रिक्त रहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतको दरबन्दी रिक्त हुँदा सेवा प्रवाहमा समस्या भएको उनले बताए ।

Advertisement 3

 

प्रकाशित :२०७८ कार्तिक २४, बुधबार ०९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry