काम गर्नेले उल्टै गाली खानुपर्ने,कामचोर कर्मचारी सहजै माथि पुग्ने प्रणाली नभत्काएसम्म निजामती सेवा सुध्रदैन

 

Advertisement 1

पूर्व सचिव कृष्ण प्रसाद देवकोटाले निजामती सेवामा काम गर्नेहरु गाली खाने तर काम चोरहरु नै माथि पुग्ने स्थिती सुधार गर्नुपर्ने बताएका छन् ।
निजामती सेवामा सर्भिस डेलीभरी प्रभावकारी हुन नसक्नुको प्रमुख कारण नै इमान्दार ढंगले दुगर्ममा बसेर काम गर्नेहरुले सदैव गाली खानुपर्ने तर काठमाडौंमा बस्ने कर्मचारी चाहिँ माथिल्ला तहमा पुग्ने थिति नसुधारेसम्म निजामती सेवा सुध्रन नसक्ने बताएका हुन ।

अहिले निजामती सेवामा सबैभन्दा ठूलो चुनौती भनेकै सर्भिस डेलिभरीलाई कसरी सहज गर्ने, कसरी निजामती कर्मचारीलाई सर्भिस डेलभरीमा आवद्ध गराउने भन्ने रहेको देवकोटाको भनाई छ । जहाँ जनताको एकदमै भीड हुन्छ त्यस्तो कार्यालयमा बसेर (सर्भिस डेलीभरी)मा काम गरेको मान्छे माथि जाने अबस्था नभएको र जो सदैव काठमाडौं बसेको छ उस्ले स्वदेशी/ विदेशी तालिम पनि पाउने,शैक्षिक योग्यता पनि बढाउनुका अलवा लोकसेवा भिडेर सहजै पास हुने साथैं हाकिमले खोजेजस्तो वा भनेजस्तो कागज बनाएर लैजान सफल हुने हुँदा मात्र माथि पुग्ने बताउँछन् । यस्ता मान्छेलाई सर्भिस डेलिभरी के हो भन्ने थाहै हुन्न ।

Advertisement 2

तर,जो सदैव उपत्याकाबाहिर भीडभाड हुने ठाउँमा बस्छ । काम गर्दछ । उ चाहिँ सदैव गाली खाने र माथि नपुग्ने स्थिती रहेको अनि दुर्गममा बसेर सेवा गर्नेले पनि बढुवाका लागि ५ बर्ष कुर्नुपर्ने र सुगममा अर्थात सदैव काठमाडौंमा बसेकोले पनि उही ५ बर्ष समयमा बढूवा हुन पाउने । यस्तो व्यवस्था रहेसम्म सदैव काठमाडौं बस्नेले बढुवा खाने र काठमाडौं बाहिर बसेर सेवा गर्नेको कहिल्यै पालो नआउने भएको हुँदा निजामती सेवा ऐनमै निजामती सेवामा न्यूनतम समय निर्धारण गरी यति समय यी तहको कार्यालयमा जानुपर्ने भन्ने बाध्यात्मक व्यवस्था नराखेसम्म निजामती सेवामा कामचोरहरु माथि पुग्ने,काम गर्ने मान्छेले साराबाट गाली पनि खाने र माथि पनि नपुग्ने स्थिती रहने हुँदा यस्लाई सुधार्नु पर्ने सुझाव दिएका छन् ।
यस्तै अर्काे प्रंसगमा देवकोटाले सामान्यतया संसारभरी नै व्युरोक्रेसी अलोकप्रिय हुने सुनाए ।

गोली ठोक्ने निर्णय वा ऐन हामीले मत हालेको मान्छेले बनाउँछ । आवश्यकता परेको समयमा त्यो गोली कर्मचारीले प्रयोग गर्दछ । जस्ले ऐन कानुन बनाएको उस्ले गलत भयो,यहाँ भयो त्यहाँ भयो भनेर सारा मान्छेलाई नकरात्मक बनाइदिन्छ । ऐनमै नभएको कुरा गरेको हो र ? निजामती सामान्यता लोकप्रिय हुँदैन तर राजनीति गर्ने मान्छे पपुलर ह्ुने वा नहुने उदाहरण हेर्न मलेसिया,सिंगापुर,कोरिया हेर्दा हुन्छ । ती मुलुकमा एउटा पनि व्युरोक्रेसीको मान्छे परिवर्तन नभई ती देश नेतृत्वले बनाएका हुन । जहिलेसम्म राजनीतिक नेतृत्वले कमिटमेन्ट भएर काम गर्दैन,संसद,अदालत,कर्मचारीबाट बढी आशा गर्न सकिँदैन । हाम्रोमा राजनीतिक परिवर्तन र प्रतिवद्धताका लागि नेपालले ठूलो फड्को मारेको हो । कर्तव्य पथमा कमजोरी देखियो । हाम्रोमा पछिल्लो तीस बर्ष यता एउटै संसदले पूरा कार्यकाल काम गरेको छैन ।

Advertisement 3

त्यो मिडिया,व्युरोक्रेसी,सर्वसाधरणका कारण भएको हो र ? ०४८ सालयता ३० बर्षमा स्थानीय सरकार सातवटा बन्नुपर्ने अहिले चौथोको बल्ल शुरुवात हुँदैछ । त्यो कस्ले गर्दा ? निजामती सेवामा चार पाँच प्रतिशत मान्छे नराम्रो होलान,पञ्चानब्बे प्रतिशत मान्छे राम्रो छन् । पद ओहदा अनुसारको न्युनतम बेतन दिनुपर्दछ । दोश्रो उस्को सुपरभिजन गर्ने,काम दिने ,व्यस्त दिने काम चाहिँ मेनेजरको हो । केही काम छैन भने अध्ययन गर्न लगाउनुपर्दछ । क्रियाशील बनाइराख्नुपर्दछ । सुपरफिजन राम्रो हुनुपर्दछ र उपल्लो मान्छेले जहिल्यैसम्म राम्रो चरित्र देखाउँदैन् तलको मान्छेबाट त्यो कुरा आशा गर्न सकिँदैन ।

प्रकाशित :२०७९ जेष्ठ २०, शुक्रबार १३:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry