सातै प्रदेशका प्रहरी प्रमुखसहित १७ डीआईजीको सरुवा (सूचीसहित)
नेपाल प्रहरीले एकै पटक १७ जना प्रहरी नायब महानिरीक्षक को काज सरुवा गरेको छ ।
पुस २८ को निर्णय अनुसार एकै पटक १७ जना डिआइजीको जिम्मेवारी हेरफेर भएको हो । जिम्मेवारी हेरफेर गरिँदा सात वटै प्रदेशका प्रमुखहरु पनि फेरिएका छन् ।
Advertisement 1
प्रहरी प्रधान कार्यालयका अनुसार बसन्तबहादुर कुँवरलाई मधेश प्रदेशमा खटाइएको छ भने टेकप्रसाद राईलाई लुम्बिनी प्रदेशको प्रमुख बनाएर पठाइएको छ ।
यस्तै डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङ र प्रदेश १ प्रहरी कार्यालयमा श्यामलाल ज्ञवालीको काज सरुवा भएको छ । भीम ढकाललाई कर्णाली प्रदेशमा खटाइएको छ ।
Advertisement 2
यस्तै नलप्रसाद उपाध्यायलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका सरुवा गरिएको छ । मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका काज भएको छ । कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा पुगेका छन् ।