अख्तियारमा खटिएका प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला

अख्तियार दुरुपयोग अनुसन्धान आयोगल टंगालमा सुरक्षार्थ खटिएका प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
Advertisement 1
उनी डोरीको पासो बनाएर झुण्डिएका थिए । रात्रिकालीन ड्युटीमा खटिएका २५ वर्षीय खगेन्द्र नेपाली मृत फेला परेका हुन् । टंगालस्थित अख्तियारको मुख्यालयमा कार्यरत नेपाली ड्युटी पोष्टमा झुण्डिएको अवस्थामा मृत भेटिएको आयोगका एकजना अधिकृतले इकर्मचारीलाइ बताए ।
सुर्खेत घर भएका उनी साँझ ६ बजेबाट सुरक्षा पोष्टमा ड्युटीमा खटिएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
प्रकाशित :२०७९ पुष २२, शुक्रबार ०९:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%