अधिकृत गणेश राउतको प्रश्न :-‘कार्यालय प्रमुख पद पैसाले किन्नै पर्ने हो सचिवज्यू ?’

हालै पदबाट राजीनामा दिएका अधिकृत गणेश राउतले प्रदेश सचिवसँग एउटा जिज्ञासा राखेका छन्,कार्यालय प्रमुख पद विज्ञता,जेष्ठता,कार्यसम्पादनका आधारमा पाइने हो वा पैसाले किन्नु पर्ने हो ?
आफूभन्दा कनिष्ठ र लेखाका कर्मचारीलाई कार्यालयको हाकिम बनाएर अपमान गरिएपछि उनले राजीनामा पत्र बुझाउँदै यस्तो प्रश्न प्रदेशका सचिव विश्ववावु पुडासैनीसँग राखेका हुन ।

Advertisement 1

उनै राउतले  बाग्मती प्रदेशका उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव विश्ववावु पुडासैनीको अत्याचारले सीमा नाघेको र अन्याय सहन नसकेको कारण देखाउँदै अधिकृत (आठौं तह)का कर्मचारी पदबाटै राजीनामा बुझाएका छन् ।

कर्मचारी संकेत नम्बर १६०८०९ रहेका अधिकृतस्तर आठौं तहका प्रशिक्षण अधिकृत गणेश राउतले प्रदेश सचिवको अमानवीय व्यवहार देखाएको उल्लेख गर्दै राजीनामा पत्र बुझाएका हुन ।निजामती सेवामा झण्डै तीन दशकदेखि सेवारत अधिकृत राउतले ५ पुसदेखि लागू हुने गरी बुझाएको राजीनामा पत्रको हिजो सनाखत गरी पठाएको जनाएका छन् ।

Advertisement 2

No photo description available.

इमान्दारीपूर्वक सेवारत रहँदा आफूभन्दा जुनियर र लेखाको कर्मचारीलाई कार्यालय प्रमुख बनाएर दरबन्दीमा रहेको कर्मचारी (राउत)लाई भूमिकाविहिन बनाएको र उल्टै चारित्रिक र मानसिक यातना दिएका कारण आफू राजीनामा दिन बाध्य भएको उनले सचिवलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा उल्लेख गरिएको छ । गणेशका अनुसार धिरेन्द्र पोखरेल उनीभन्दा जुनियर कर्मचारी हुन ।

Advertisement 3

राउतले भनेका छन्,नेपालको कानुनले एउटै मितिमा बढुवा गरेको छ भने त उमेरका आधारमा जेष्ठता मान्ने गर्दछ तर आफूभन्दा दुई महिना कान्छोलाई,त्यो माथि लेखाको मान्छेलाई कार्यालयको हाकिम बनाउन कुन कानुनले मिल्छ भन्दै उनले सचिव समक्ष जिज्ञासा राखेका छन् । इकर्मचारी डटकमसँग पीडा पोख्दै राउतले भने, दरबन्दी नभएको भए एउटा कुरा,भएको दरबन्दीलाई जिम्मेवारविहिन बनाउने अनि लेखाको मान्छेलाई ल्याएर हाकिम बनाउने ? यो प्रदेश निजामतीको कुन,ऐन र कहाँको नियमावलीमा लेखिएको छ,जानकारी पाँउ ।

लेखाका कर्मचारीलाई हाकिम बनाइएको र आफ्नो कु्र्सी कब्जा गरेका कारण उनी पछिल्लो तीन बर्षदेखि कुर्सीमा समेत नबसी काम गर्दै आइरहेका थिए ।

No photo description available.

No photo description available.

०७९ साल भदौं २० को मन्त्रालयको निर्णय अनुसार,चितवन घरेलु कार्यालयमा सरुवा भएकोमा आफूभन्दा जुनियर कर्मचारीलाई कार्यालय प्रमुख बनाएर उनको अण्डरमा काम गर्न लगाइएको तीन महिनासम्म मानसिक तथा यातना दिइएको उनले सचिवसमक्ष बुझाएको राजीनामा पत्रमा उल्लेख गरिएको छ । राउतलाई तीन महिनामै त्यहाँबाट अन्यायपूर्वक निर्देशनालयमा सरुवा गरिएको उनले राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

मंसिर २८ मा काज सरुवा गरी निर्देशनालयमा खटाइएकोमा करारका ड्राइभरको आफ्नो क्वार्टर र भान्छामा ताल्चा ठोकेर हिडेको र काम गर्ने वातावरण नै नभएको उनले गुनासो पोखेका छन् ।

आफूमाथि भएको अन्यायको बारेमा सचिवसँग भेट गर्न खोज्दा इन्कार गरेको कारण आफ्नो क्यारियर बचाउन पुस ५ गतेदेखि लागू हुने गरी उनले सचिव पुडासैनीलाई सम्बोधन गर्दै राजीनामा बुझाएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित :२०७९ पुष १८, सोमबार १५:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry