भन्सार एजेन्टको परीक्षा फागुन २८ गते तोकियो

भन्सार विभागले लिने भन्सार एजेन्टको लिखित परीक्षाको नयाँ मिति तोकेको छ । विभागले भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते दिउँसो २ बजे हुने भएको हो ।
Advertisement 1
भन्सार एजेन्टको इजाजतपत्रका लागि विभागले ०७७ चैत १६ मा दरखास्त आह्वान गरेपनि कोरोना महामारीका कारण परीक्षा स्थगित भएको थियो ।
झण्डै ९ हजार आवेदकहरु अहिले परीक्षा मिति र समय कुरेर बसेका छन् । गत वर्ष चैतमा आवेदन दिएका उनीहरुले एक वर्षसम्म पनि परीक्षा नगराएको भन्दै पुस ११ गते विभाग परिसरमा धर्ना दिएका थिए ।
									
										प्रकाशित  :२०७८ माघ २६, बुधबार १२:३१																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                