“राष्ट्रसेवक सबै कर्मचारीको समस्याहरु समाधान गर्न प्रयास गर्ने”

वर्तमान सरकारले राष्ट्रसेवक सबै कर्मचारीको समस्याहरु समाधान गर्न प्रयास गर्ने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष एवं नेपाल सरकारका नवनियुक्त मन्त्री दामोदर भण्डारीले बताएका छन् ।
Advertisement 1
एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको उक्त कार्यक्रममा उनले निजामती संगठनमा आवद्ध चालीस हजार सदस्यलाई मात्र नभएर समग्र राष्ट्रसेवक कर्मचारीको हक हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमिति, काठमाडौंले आज बिहीबार नवनियुक्त नेपाल सरकारका मन्त्रीहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री भण्डारीले कर्मचारीपनि सरकारकै अंग भएकोले देश र जनताको हितमा काम गर्न सबैलाई अपिल गरे ।
Advertisement 2
उक्त कार्यक्रममा नेपाल कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले निजामती ऐनलाई छिटोभन्दा छिटो पारित गरेर कर्मचारीहरुको समस्याहरु सम्बोधन गरिदिन नवनियुक्त मन्त्रीहरुलाई अपिल गरे ।