ऐन र नियमावली संशोधनको काम सुरु
सामाजिक सुरक्षासम्बन्धी ऐन तथा नियमावली संशोधन गर्न सुरु गरेको छ । गठित समितिले आइतबारदेखि कोषका कार्यक्रमलाई प्रभावकारी गराउन सरोकारवालाको माग र आवश्यकताका आधारमा ऐन तथा नियमावली संशोधन गरी काम थालिएको हो ।
Advertisement 1
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं सामाजिक सुरक्षा महाशाखाका प्रमुख सुमन घिमिरेको संयोजकत्वमा छ सदस्यीय समिति गठन भएको थियो । मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा महाशाखाका प्रमुख सुमन घिमिरेले योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी ऐन, नियमावली, श्रम ऐन तथा श्रम नियमावलीलाई योगदानकर्तामैत्री बनाउन संशोधनको प्रक्रिया अगाडि बढेको जानकारी दिए । उनले विभिन्न समयमा योगदानकर्ताले गरेको गुनासो तथा असन्तुष्टिको विषयलाई अध्ययन गरेर समितिले संशोधन गर्न सिफारिस गर्ने गरी काम सुुरु गरेको पनि जानकारी दिए ।