३२ सहसचिवको सरुवा (सूचीसहित)

सरकारले एकै पटक ३२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको मन्त्रिस्तरीय निर्णय गर्दै ३२ सहसचिवको पदस्थापन तथा सरुवा गरिएको हो ।
अत्तिरिक्त समूहका रहेका १६ जनाको पदस्थापन र बाँकी १६ जनाको सरुवा गरिएको हो । जसअनुसार,गोपालकुमार अधिकारी र रामबहादुर कुरुवाङ अख्तियार दुरुपयोग अनुसन्धान आयाृग वा अन्तरगत खटाइएको छ । हिरामणि शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ भने नारायणप्रसाद सापकोटा गृह मन्त्रालय वा अन्तरगत पुगेका छन् । यस्तै श्रवण कुमार पोखरेल र युवराज कट्टेल पनि गृह मन्त्रालय वा अन्तरगत खटाइएको छ ।
यस्तै ज्ञानेन्द्र ढकाल र टमलाल पाण्डे लोकसेवा आयोग वा अन्तरगत पठाइएको छ । यस्तै टंकप्रसाद पाण्डे,ढुण्डी निरौला र यज्ञराज कोइराला अर्थ मन्त्रालय वा अन्तरगत पठाइएको छ ।
गृह मन्त्रालय मातहत पुगेका  राजेश्वर ज्ञवालीको अर्थ मन्त्रालय अन्तरगत सरुवा भएको छ भने, गृह मन्त्रालय मातहत नै रहेका बाबुराम खतिवडाको प्रदेश लोक सेवा आयोग, प्रदेश नम्बर एकमा सरुवा भएका छन् ।
यस्तै विनु बज्राचार्य कुँवर,झलकराम अधिकारी,शोभाकान्त पौडेललाई सामान्य प्रशासनको अक्तिरिक्त समूहमा थन्काइएको छ ।

Advertisement 1

saruwa

 

प्रकाशित :२०७८ माघ २८, शुक्रबार १६:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry