‘विभेदकारी समायोजनले कर्मचारीमा पाइलै पिच्छे समस्या’

नेपाल निजामती कर्मचारी युनियनले संघीय निजामती सेवा ऐन नआउदा कर्मचारीमा समस्या देखिन थालेको ठहर गरेको छ । युनियनको दोश्रो पूर्ण बैठकले मुलुक संघीयतामा गए पनि प्रशासनिक संघीयतामा जान नसक्दा समस्या भएको ठहर गरिएको हो ।

Advertisement 1

दुइ दिनसम्म स्याङ्जाको शिरुवारीमा चलेको बैठकमा सरकारले कर्मचारीको मूल कानुन ल्याउनमा ढिलाई गर्दा कर्मचारी परिचालनदेखि सेवाप्रवाहमा समेत असर परेको ठहर गरेको हो । युनियनका महासचिव जनक रावलका अनुसार,बैठकले कर्मचारीको मूल कानुन ल्याउन जति ढिला भयो त्यसको असर उतिनै नागरिकको सेवा प्रवाहमा पर्ने देखिएकाले तत्काल संघीयताकै स्वरुपको ऐन ल्याउन माग गरिएको छ । यस्तै ऐन समयमा नआउँदा संघीयताको मर्म अनुसार थप दरबन्दीमा विज्ञापन गर्न समेत समस्या भएको रावलले जनाए ।

बैठकले संंघीयता पछि भएको कर्मचारी समायोजन विभेदकारी रहेको ठहर गर्दै विभेदकारी समायोजनका विषयमा आधिकारीक ट्रेड युनियनले समेत यसमा आवाज नउठाउनु दुखद ठहर गरेको छ । विभेदपुर्ण समायोजनले नागरिकको सेवा प्रवाहमा समेत असर गरिरहेको ठहर गर्दै बैठकले जतिसक्दो छिट्टो निजामती सेवा ऐन ल्याउन माग गरेको समेत उनले सुनाए ।

Advertisement 2

देशभरीबाट झण्डै ११० जना राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको सो बैठकले शिरुवारीलाई पर्यटन प्रवर्द्धन सिकाई केन्द्रको रुपमा विकसित गर्न पनि माग गरेकोछ ।
साथैं संगठन बिस्तार र सुदृढिकरणका अलवा स्थानीय तहमा युनियनका कर्मचारीलाई सक्रिय बनाउने योजना अगाडि सार्ने बताइएको छ ।

Advertisement 3

कर्मचारी युनियनको विधानमा केही त्रुटीहरु रहेकाले तत्काल राष्ट्रिय भेला गरी विधान संशोधन गर्ने प्रस्ताव बैठकले पारित गरेको महासचिव रावलले बताए ।

प्रकाशित :२०७९ मंसिर २५, आईतवार १०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry