६ जना सहसचिव पदमा बढुवा सिफारिस (सुचिसहित)

काठमाडौं। बढुवा समितिको सचिवालयले ६ जना उपसचिव स्तरका कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको छ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना प्रकाशित गर्दै रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो।
बढुवा समितिको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा ३ जना, सिभिल इन्जिनियरिङ समूह २ जना, जनरल समूह का १ जना गरि राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत विभिन्न उपसमूहमा ६ जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश भएका छन्।
Advertisement 2
प्रकाशित :२०८२ पुष १४, सोमबार १०:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














