७३ दिनपछि खारेज भयो निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले ७३ दिनपछि निर्वाचन आचारसंहिता खारेज गरेको छ ।
Advertisement 1
गत असोज १२ गतेदेखि जारी निर्वाचन आचारसंहिता आचारसंहिता मंसिर २६ गतेदेखि लागू नरहने गरी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइसकेको समेत जनाएको छ ।आचारसंहिता खारेज भएसँगै कर्मचारी सरुवा वा बढुवा लगायतका काम गर्ने बाटो खुलेको छ ।
प्रकाशित :२०७९ मंसिर २५, आईतवार १८:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%