कार्यालयको छतमा झुण्डिएर हाकिमले फाले प्राण

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दिपेन्द्र घिमिरेले कार्यालयमा आत्महत्या गरेका छन् ।

Advertisement 1

कार्यकक्षमा प्रमुख नभेटिएपछि खोजी सुरु भएको थियो । सोहि क्रममा घिमिरे कार्यालयको छतमा झुण्डिएको अवस्थामा फेला परेको कर्मचारीहरुले बताएका छन ।

स्थायी घर लमजुङ भएका घिमिरे काठमाडौंको मातातीर्थबाट दैनिक कार्यालय आउने जाने गर्दै आएका थिए । ४७ वर्षिय घिमिरेका एक छोरी, छोरा र श्रीमती छन् ।

Advertisement 2

उनी असोज २८ गतेमात्रै कार्यालय प्रमुखको जिम्मेवारी सहित काभ्रे पुगेका थिए ।

प्रकाशित :२०७९ मंसिर १६, शुक्रबार १९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry