प्रमुख प्रशासकीयको ‘हिटलरी शैली’विरुद्ध कर्मचारी आगो,कामकाज ठप्प पार्ने चेतावनी

लमही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले हिटलरी शैली देखाएको भन्दै कर्मचारीहरु आगो भएका छन् ।

Advertisement 1

प्रमुख प्रशासकीय डाँगीले आफू अनुकुल निर्णय गर्न लगाइ कर्मचारीको दरबन्द्यी नभएको ठाउँमा सरुवा गर्ने,लोकसेवाबाट नियुक्ति लिँदा तोकिएको सेवाभन्दा फरक स्थानमा काम काज गर्न खटाउने र कर्मचारीहरुमाथि शोषण र दमन गर्ने गर्दै आएका कारण उनीहरुले आजित भइ मेयरलाई ज्ञापन पत्र बुझाउनु परेको उल्लेख गरिएको छ ।

डाँगीको शैलीविरुद्ध आजित भएका नगरपालिका भित्रका ३७ जना कर्मचारीले नगरप्रमुख जोगराज चौधरीलाई ज्ञापनपत्र बुझाउँदै प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा रहेसम्म कामकाज गर्न असमर्थ रहने र आजदेखि आन्दोलनका थप कार्यक्रम अगाडि सार्ने उनीहरुले मेयरलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Advertisement 2

माथि कारवाही नगरेसम्म कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।

प्रकाशित :२०७९ मंसिर ११, आईतवार ०९:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry