इम्बोस्डमा जबर्जस्ती

सरकारले फेरि पनि इम्बोस्ड नम्बर जडानका नाममा जबर्जस्ती गर्न खोजेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आगामी फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर जडान गर्ने सर्कुलर गरेको छ । विभागले एक सूचना जारी गर्दै आगामी फागुन मसान्तभित्र इम्बोस्ड प्लेट अनिवार्य जडान गर्न निर्देशन दिएको छ ।

Advertisement 1

मन्त्रालयले सम्पूर्ण सरकारी, संस्थान, संघ प्रदेश र स्थानीय तहका सवारी साधनमा अनिवार्य रुपमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले आउँदो फागुन मसान्तसम्म अनिवार्य रुपमा ईम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने सूचना जारी गरेको छ । ‘मन्त्रालयले मिति २०७९–७–२८ गते पत्रसख्या २०७९–८० च नं २.१–५३७ बाट सम्पूर्ण सरकारी, संस्थान, संघ प्रदेश र स्थानीय तहका सवारी साधनहरुमा आगामी २०७९ फागुन मसान्तसम्म अनिवार्य रुपमा ईम्बोस्ड नम्बर प्लेट जोडिसक्नुपर्ने निर्णय गरेको हो’, सूचनामा भनिएको छ ।

Advertisement 2

 

Advertisement 3

प्रधानमन्त्री शेरबहादुर देउवाको सालो भुषण राणाहरुको विशेष स्वार्थमा शुरु भएको यो योजना ०७२ सालको बजेटबाट सुरु भएको यो योजना विभिन्न कारणले रोकिँदै आएको थियो ।
कहिले इम्बोस्ड विवादमा सर्वोच्च अदालतमा प्रवेश पाएर लामो समय रोकिएको थियो । अहिले फेरि यस्लाई व्युताइएको हो ।

एकातिर इम्बोस्ड नम्बर प्लेट जडानको जिम्मा विश्व बैंकले कालोसूचीमा राखिएको कम्पनीलाई दिनुले पनि यस माथि प्रश्न उठ्दै आएको थियो ।

सडकदेखि संसदसम्म विरोधका वावजुत पनि फेरि यस्लाई अनिवार्य गर्न खोजिएको छ ।

अहिले इम्बोस्ड नम्बर प्लेट फागुनभित्रै जडान गर्नका लागि यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल र विभागका डिजी टोपनारायण पाण्डेमार्फत दबाब दिने काम भइरहेको छ ।

यातायात व्यवस्था विभागको वेवसाइडमा गएर अनलाइन आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ । यस अघि पनि विभागले साउन १ भित्र अनिवार्य इम्बोस्डमा जान निर्देशन दिएको थियो ।

तर कार्यन्वयन हुन नसकेपछि फेरि फागुन मसान्तभित्र अनिवार्य इम्बोस्डमा जानुपर्ने भन्दै यातायात व्यवस्था विभागले सूचना जारी गरेको छ । सर्वसाधरणलाई फागुनभित्रै इम्बोस्डमा जान सूचना जारी गरेको यातायात व्यवस्था विभागमा अर्काे गाइजात्रा छ विद्युत आपूर्ति प्रणाली यूपिएसमा समस्या आएका कारण ।

यूपिएसमा समस्या आएका कारण आगामी ११ सम्म सर्भर बन्द रहेका कारण सेवा अवरुद्ध रहेको सूचना जारी गरेको छ ।

प्रकाशित :२०७९ मंसिर ८, बिहीबार १८:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry